अपर तामाकोशीको खरीद बिक्रीमा चाप आएपछि सिस्टममा समस्या

Jan 20, 2019 Merolagani

बजार खुले लगत्तै सर्किट लागेको अप्पर तामाकोशी (UPPER)  को सेयरमा किन्ने र बेच्ने लगानीकर्ताको चाप देखिएको छ । खरीद बिक्रीको चाप धान्न नसकेर नेप्सेको सिस्टम पटक पटक लग आउट भइरहेको कारोबार गरिरहेका लगानीकर्ताहरूले मेरो लगानीलाई जानकारी दिएका छन् ।

सेयर खरीद बिक्रीमा स्वचालित प्रणाली लागूभएपछि विभिन्न प्राविधिक समस्या देखिँदै आएपनि खरीद बिक्रीबाट उत्पन्न चापका कारण प्रणालीमा देखिएको समस्या भने यो पहिलो हो ।

प्रणाली आफैँ लगआउट भएपछि लगानीकर्ताले आफूले चाहेको समयमा शेयरको कारोबार गर्न सकिरहेका छैनन् ।

एक घण्टा अवधिमा दुई हजार पाँच सय बढी कारोबार भएको अपर तामाकोशीको त्यसपश्चात प्रणालीमा समस्या आएको हो ।

एक सेकेण्ड अवधिमा ८ हजार वटा कारोबार हुनसक्ने भनिएको प्रणालीमा आइतबार अपर तामाकोशीको कारोबारमा समस्या उत्पन्न भएको छ । कतिपय ब्रोकर कम्पनीहरुमा बिक्री अर्डर राख्न नै समस्या उत्पन्न भएको ब्रोकरहरुले बताएका छन् ।

उक्त समस्या अपर तामाकोशीमा मात्र नभई अन्य कम्पनीहरुमा समेत देखिएकोले समस्या समाधानका लागि नेप्सेको आईटी प्रयासरत रहेको नेप्सेले जनाएको छ। केही ब्रोकर कम्पनीमा यो समस्या देखिएको भएपनि धेरैजसो ब्रोकरहरुबाट कारोबार भैरहेको नेप्सेले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।