ट्रम्प–किमले फेरि भेटवार्ता गर्ने, सुध्रिएला त सम्बन्ध?

Jan 20, 2019 Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी महिनामा उत्तर कोरियाली तानाशाह किम जोङ उनसँग भेटवार्ता गर्ने भएका छन्। योभन्दा पहिले गत बर्ष जुन १२ मा यि दुई नेताले सिंगापुरमा भेटवार्ता गरेका थिए। विगत केही समयदेखि अमेरिकाले उत्तर कोरियामाथि विभिन्न प्रकारका दबाब र प्रतिबन्ध लगाउँदै आइरहेको छ ।

जुन महिनामा भएको भेटवार्तामा दुई देशका बीचमा परमाणु निशस्त्रीकरणको विषयमा सम्झौता भएसँगै अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध हटाउने बताइएको थियो । तर अमेरिकाले अझैँ दबाब र प्रतिबन्ध कायम नै राखेको उत्तर कोरियाले बताउँदै आएको छ ।

योभन्दा अघिको भेटमा किम जोङ उत्तर कोरियाको पूर्ण परमाणु निशस्त्रीकरणका लागि राजी भएका थिए । यद्यपी त्यसपछि दुई देशका बीचमा यस सम्बन्धमा कुनै पनि कुराकानी भएको छैन ।

ह्वाइट हाउसले ट्रम्प र उत्तर कोरियाका शीर्ष वार्ताकार किम योंग चोलबीचको भेट पछि ट्रम्प र किम भेट्न लागेको कुराको जानकारी दिएका हुन् । ह्वाइट हाउसका प्रेस सचिवले भने, राष्ट्रपति ट्रम्प किमसँगको भेटवार्ताका लागि एकदमै उत्साहित भएका छन् । यद्यपी यि दुई नेताबीच कहाँ भेटवार्ता हुने भन्ने कुराको खुलासा गरिएको छैन । तर उनीहरुले भियतनामको डनांगमा भेटवार्ता गर्नसक्ने सम्भावना रहेको बताइएको छ ।

साथै अमेरिकी प्रतिनिधिले उत्तर कोरियाली निशस्त्रीकरण नदेखेसम्म उत्तर कोरियामाथि दबाब र प्रतिबन्ध कायम नै राखिने बताइएको छ । जुन महिनामा भएको भेटवार्तापछि परमाणु वार्ता रोकिएको छ । अमेरिका अmझै पनि परमाणु निशस्त्रीकरणको सम्बन्धमा उत्तर कोरियाद्धारा कुनै ठोस कदम उठाउने समयको प्रतिक्षामा रहेको बताइएको छ ।

एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।