युनिभर्सल पावरको आईपिओमा न्यून आवेदन, दोस्रो पटक समय थप

Jan 20, 2019 Merolagani

युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई खुल्ला गरेको आईपिओमा न्यून मात्रमा मात्र आवेदन परेपछि दोस्रो पटक समय थप गरिएको छ। अब स्थानीयले माघ १३ गतेसम्म आवेदन गर्न सक्नेछन्। यसअघि पुस २९ गतेसम्म सयम रहेकोमा एक सातााको लागि समय बढाइएको थियो।

कम्पनीको बिक्री प्रबन्धक सिद्धाथ क्यापिटलको अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुबाट आवेदन बुझाउने अवधि थप गर्न आग्रह गरिएपछि माघ ६ गते दोस्रो पटक एक हप्ताको लागि समय बढाइएको हो ।

हालसम्म दुई हजार ५९२ जना स्थानीयले दुई करोड ८५ लाख रुपैयाँ बराबरको दुई लाख ८५ कित्ता शेयरकोलागि आवेदन परेको सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ । याे सर्वसाधारणमा निष्काशन भएकाे शेयरकाे १३.५७ प्रतिशत मात्र बिक्री हाे । जारी गरेको शेयरमध्ये अझै ८६.४३ प्रतिशत अर्थात १८ करोड १५ लाख ३५ हजार रुपैयाँ बराबरको १८ लाख १५ हजार ३५० कित्ता शेयर बिक्री हुन बाँकी छ। माघ १३ सम्मपनि सबै शेयर बिक्री नभएमा अविरित शेयर सर्वसाधारणलाइ निष्काशन हुने शेयरमा थप हुनेछ । 

कम्पनीले गत पुस १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि एक सय रुपैयाँ अंकित दरको २१ करोड ३५ हजार रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन गरेका छ ।
अहिले कम्पनी पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिन्चोकर विगु गाँपालिकाका स्थानीहरुले मात्र आवेदन गर्न पाउनेछन् । यस आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।

स्थानीयहरुले हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट पनि आइपिओमा आवेदन गर्न सक्नेछन्।

वित्तीय अवस्था औसतभन्दा कमजोर, आईपिओ रेटिङ्ग ग्रेड ४

कम्पनीले निष्काशन गर्ने साधारण शेयरलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले इक्रा एनएपि आईपिओ ग्रेड ४ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

युनिभर्सल पावर कम्पनीले जारी पूँजीको ४६ प्रतिशत ९९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दालाई २१ लाख ३५० कित्ता र दोस्रो चरणमा संस्थाका कर्मचारी, म्युचुअल फण्ड र सर्वसाधारणलाई गरि ७५ लाख ६१ हजार २६० कित्ता आईपिओ निष्काशन गरिने कम्पनीले जनाएको छ ।

कस्तो छ आयोजना ?

दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ ।

आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँका दरले २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ र जारी पूँजी दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।