नेप्से घट्दा कारोबारमा सुधार, अपर तामाकोशी कै ६४ प्रतिशत कारोबार

Jan 20, 2019 Merolagani

साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । तर अघिल्लो दिनको कारोबार रकमको तुलनामा भने कारोबार रकम सुधार भएको छ । बिहिबार २६ करोड ७७ लाख रुपैयाँको करोबार भएको बजार आइतबार भने ३६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

अपर तामाकोशीको मात्रै २३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कूल कारोबारको झण्डै ६४ प्रतिशत कारोबार हो ।

आज नेप्से ८.६० अंकले घटेर ११७९.१७ बिन्दुमा झरेको छ । यस दिन १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर ३६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आज कारोबारमा आएका ११ उपसूचक मध्ये होटल्स, व्यापर, फाइनान्स समुहको सुचक बाहेक सबै ऋणात्मक देखिएको छ ।

आइतबार सबै भन्दा धेरै होटल्स समुहको सुचक ५.५४ अंकले बढेको छ । यस्तै ब्यापार २.८७ र फाइनान्स समुहको सुचक १.६१ अंकले सुधार भएका छन् ।

यस दिन निर्जीवन बीमाको सुचक सबै भन्दा धेरै ३७.६७ अंकले घटेको छ । जीवन बीमा ३६.३४, जलविद्युत ३६.५९ अंकले ऋणात्मक देखिए ।

यस्तै विकास बैंक ११.१७, माइक्रोफाइनान्स १०.५९, अन्य ८.३६, उत्पादन तथा प्रशोधन ५.०८, बैंकिङ्ग ५.०५ अंकले ओलारो लागेका छन् ।

आइतबार अपर तामाकोशीको सबै भन्दा धरै रकमको कारोबार भएको छ । तामाकोशीको २३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नागरिक लगानी कोषको २ करोड ८१ लााख रुपैयाँ बराबरको कारोबार भयो । छिमेक लघुवित्तको पनि १ लाख ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बाँकी कुनै कम्पनीको शेयर कारोबार रकम करोड नाघ्न सकेन ।

यस दिन सबै भन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर मुल्य ६.०९ प्रतिशतले बढेको छ । यस्तै आजको कारोबारबाट श्रीराम सुगर मिलका शेयरधनीले ४.९३ मेरो माइक्रोफाइनान्सको ३.९४, छ्याङ्दी हाइड्रोपावर ३.८८ प्रतिशतले कमाएका छन् ।

अधिक कारोबार भएको नागरिक लगानी कोष र अपर तामाकोशी गुमाउने कम्पनीको शिर्ष सुचिमा छ । बजार खुलेको ५ मिनेटमा सर्किट ब्रेक गरेको तामाकोशीको शेयर मुल्य ६.१० प्रतिशतले घटेको छ । आजको बजारबाट भने सबै भन्दा धेरै नागरिक लगानी कोषका लगानीकर्ताहरुले ६.३३ प्रतिशतले गुमाए ।

यस्तै ग्रामिण विकास लघुवित्तका ५.२५, नागबेली लघुवित्तको ४.४५, संग्रिला विकास बैंक शेयर मुल्य ४.०२ प्रतिशतले घटेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।