लुम्बिनी विकास बैंकको खुद नाफामा उच्च बढोत्तरी, प्रतिशेयर आम्दानीमा ७ रूपैयाँ सुधार

Jan 23, 2019 Merolagani

लुम्बिनी विकास बैंक (LBBL) ले व्यवसाय विस्तारलाई तिब्रता दिँदा खुद नाफामा उच्च बढोत्तरी भएको छ। बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको दोस्रो त्रैमासको तुलनामा ६३.१५ प्रतिशतले सुधार भइ २३ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन सफल भएकाे छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १४ करोड ३७ लाख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा विस्तारलाई क्रमश २२.१८ र २५.९० प्रतिशतले बढाएर २३ अर्ब ४४ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २१ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यसबाट बैंकले गत आवको दोस्रो त्रैमासभन्दा १४ करोड ७९ लाख रुपैयाँ बढी अर्थात ४७ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रतिशतको आधारमा यो ४५.५३ प्रतिशतले धेरै हो ।

दुई अर्ब १७ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब रुपैयाँ ३५ करोड ६१ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५७ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको इपिएस १४ रुपैयाँ ३२ पैसा रहेको थियो।एक वर्ष अवधिमा बैंककाे इपिएस ७ रूपैयाँ २५ पैसा बढेकाे हाे । बैंकको निष्कृय कर्जा अनुपात पनि २.५० बाट घटेर २.३१ प्रतिशतमा सीमित भएको छ ।

प्रतिशेयर प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ३४ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात ७.९३ गुणा धेरै रहेको छ । बैंकको आधार ब्याजदर ११.१६ र कोषको लागत ८.८३ प्रतिशत रहेको छ । आधार ब्याजदर केही घटेपनि बैंकको लागत भने बढेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।