नेप्से सूचकमा हरियाली, अपर तामाकोशीको शेयरमूल्य करिब ७ प्रतिशत बढ्याे

Jan 23, 2019 Merolagani

बुधबारको बजारमा अपर तामाकोशीको शेयरमूल्यमा ६.९२ प्रतिशतले सुधार आएको छ। यस दिन शेयर बजारमा परिसूचक नेप्से पनि ४.१५ अंकले सुधारिएको छ। मंगलबार पाँच दिनपछि झिनो अंकले बढेर थामिएको बजारले बुधबार थप निरन्तरता पाएको हो।

बजारमा कारोबार रकम भने खस्किदै गएको छ। सोमबार ३६ करोड ७७ लाख रुपैयाँ करोबार भएको बजार मंगलबार २९ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । बुधबार भने २४ करोड ७७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

काराेबारमा आएका अधिकांश उपसूचक सकारात्मक बन्दा बुधबार नेप्सेमा ४.१५ अंकले सुधार भइ ११७२.९८ बिन्दुमा पुगेको छ । यस दिन १६३ कम्पनीका १० लाख २ हजार १०७ कित्ता कारोबार भयो । कारोबारमा आएका ११ उपसूचक मध्ये उत्पादन तथा प्रशोधन र जीवन बीमाको सूचक बाहेक सबैमा हरियाली छाएका छन् । उत्पादन तथा प्रशोधन समुहको सूचक सबैभन्दा धेरै ३१.६ अंकले र जीवन बीमाको सूचक २७.३१ अंकले ऋणात्मक भए ।

बुधबार सबैभन्दा धेरै निर्जीवन बीमाको सूचक ५८.०६ अंकले बढेको छ । यस्तै हाइड्रोपावर ३१.४८, माइक्रोफाइनान्स १२.९९, विकास बैंक ६.६८, अन्य ३.३९, व्यापार २.८७, वाणिज्य बैंक १.४९, फाइनान्स ०.७९ र होटल्स् ०.२१ अंकले बढेका छन् ।

बुधबार अपर तामाकोशीको शेयर नै सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। यस्तै माछापुच्छ्रे बैंकको एक करोड ५० लाख रुपैयाँ कारोबार भएको छ । अन्य कुनै कम्पनीको शेयर कारोबार रकम करोड नाघ्न सकेन ।

यस दिन सबैभन्दा धेरै सानिमा इक्युटी फाण्डको इकाई मुल्य ९.८९ प्रतिशतले बढेको छ । यस्तै आँखुखोला जलविद्युतको शेयर मल्य ७.५० प्रतिशतले बढेको छ ।

आजको कारोबारबाट अपर तामाकोशीका शेयरधनीहरुले ६.९२ प्रतिशत, मिर्मिरे लघुवित्तका शेयरधनीहरुले ५.७० प्रतिशत, नेपाल कम्युनिटी बैंकका शेयरधनीहरुले ४.३५ प्रतिशतले कमाएका छन् । निर्धन उत्थान, लुम्बिनी विकास बैंक, समता माइक्रोफाइनान्स, हाथवे फाइनान्स, कालिका पावरको शेयर मूल्य ३ प्रतिशत भन्दा बढीले बढेका छन् ।

 

यता जोशी हाइड्रोपावरको शेयर मूल्य भने सब भन्दा धेरै ४.९३ प्रतिशतले घटेको छ । यस्तै आजको कारोबारबाट गोार्खज फाइनान्स, पञ्चकन्या माई, तिनाउ विकास बैंकका शेयरधनीहरुले ३ प्रतिशत भन्दाबढीले गुमाएका छन् । युनिलिभर नेपाल, बरुण हाइड्रोपावर, ङादी ग्रुप, सांग्रिला विकास बैंकको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेका छन् ।

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।