नबिल बन्यो सबैभन्दा धेरै नाफा कमाउने बैंक, जगेडा कोषमा पनि आकर्षक सुधार

Jan 30, 2019 Merolagani

नबिल बैंक (NABIL) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आफ्नो खुद नाफा १८.४५ प्रतिशतले बढाउँदै दुई अर्ब १७ करोड ६८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंककाे यो नाफा सबै वाणिज्य बैंकहरुभन्दा उच्च हो । 

इन्भेष्टमेन्ट बैंकले एक अर्ब ९७ करोड र राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ९६ करोड खुद नाफा कमाएर क्रमश: दोस्रो र तेस्रो ठूलो स्थानमा छन् ।

निजी क्षेत्रबाट सञ्चालित बैंकहरुमा बलियो रुपमा प्रस्तुत गर्दै आएको तथा नेपालको धनाढ्य विनोद चौधरीको समेत लगानी रहेको यस बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा अनुपातमा उल्लेख्य सुधार गरेको छ ।

यस्तै समीक्षा अवधिमा बैंकले व्यवसायको आकार बढाउँदै प्रतिशेयर आम्दानीमा समेत उत्साहजनक प्रगति गरेको छ भने आफ्नो जगेडा कोषको आकार झण्डै दोब्बर बनाएको वित्तीय विवरण प्रकाशन गरेको छ ।

फ्रि प्रोफिट दुई अर्ब माथि

बैंकले बुधबार प्रकाशन गरेको नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार नबिलले पुस मसान्तसम्ममा वितरण योग्य नाफा (फ्रि प्रोफिट) दुई अर्ब ४ करोड ५०लाख रहेको छ । गत वर्ष बैंकको फ्रि प्रोफिट एक अर्ब ८३ करोड ७७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको फ्रि प्रोफिट ११.२८ प्रतिशतले बढेको हो ।

नबिल बैंकको फ्रि प्रोफिट भने राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्ट वापत १३ करोड १८ लाख रुपैयाँ व्यवस्था गर्दा खुद नाफाभन्दा घटेको छ । एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

यस अवधिमा बैंकले दुई अर्ब १७ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको उल्लेख छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा ३३ करोड ९ लाख बढी हो ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

एक खर्ब ४९ अर्ब निक्षेप संकलन गर्दा एक खर्ब ३० अर्ब कर्जा प्रवाह

नबिल बैंकले निक्षेप संकलन र कर्जा प्रवाह रकममा पनि क्रमश: २३ र २६ प्रतिशतले सुधार गरेको छ । बैंकले चालू आवको दोस्रो त्रैमास अवधिसम्म एक खर्ब ४९ अर्ब ३८ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आवको प्रथम त्रैमासमा बैंकले एक खर्ब २१ अर्ब २८ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो।

बैंकले यस अवधिमा एक खर्ब ३० अर्ब ७१ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको यसै अवधिमा बैंकले एक खर्ब २ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

चुक्ता पूँँजी स्थिर, जगेडा कोष झण्डै दोब्बर

यस अवधिमा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोषको आकार झण्डै दोब्बर बनाएको छ।
गत पुस मसान्तसम्ममा ७ अर्ब ८५ करोड ५३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषको आकार १४ अर्ब ५२ करोड ३७ लाख पुर्याएको छ । यससँगै बैंकको शेयरधनी कोष साढे २२ अर्ब बढी पुगेको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड ३२ लाख रुपैयाँमा स्थिर रहेको छ ।

प्रतिशेयर आम्दानी वार्षिक ५४ रुपैयाँ २८ पैसा

गत आर्थिक वर्षको नाफाबाछ १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले बोनस पूँजीकृत नगर्दा प्रतिशेयर आम्दानीमा सुधार देखिएको छ । पूँजी स्थिर भएर बैंकको नाफा सुधारले बैंकको प्रतिशेयर आम्दानीमा करिब ९ रुपैयाँले बढोत्तरी भएको छ ।

बैंकको गत आवको पुसमा वार्षिक ४५ रुपैयाँ ७० पैसाकायम गरेकोमा हाल ५४ रुपवैयाँ २८ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिशेयर नेटवर्थ २८० रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात १५.४० गुणा रहेको छ ।

खुद ब्याज आम्दानी तीन अर्ब ६१ करोड 

एनएफआरएस अनुसार बैंकले खुद ब्याज आम्दानीबाटै ३ अर्ब ६१ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा बैंकले ७ अर्ब ३२ करोड ५० लाख ब्याज आम्दानी गरेर ३ अर्ब ७१ करोड ३७ लाख ब्याज खर्च गरेको हो ।

गत आर्थिक वर्षको ६ महिना अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९३ करोड ५६ लाख रहेको थियो ।समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी २३ प्रतिशतले वृद्धि भएको हो ।

निक्षेप लागत र आधार ब्याजदर दुबै बढ्यो

वित्तीय बजारमा लगानीयोग्य रहकमको अभावमा तरलताको चरम संकटको अवस्था सिर्जना हुँदा त्यसको असरले बैंकको आधार ब्याजदर र निक्षेप संकलन लागतमा समेत वृद्धि भएको छ ।

गत आवको दोस्रो त्रैमासमा बैंकको आधार ब्याजदर ६.९२ प्रतिशतबाट ७.९४ मा बढेको छ भने निक्षेप लागत ४.४३ बाट ५.९२ प्रतिशतमा बढेको छ ।

खराब कर्जामा उल्लेख्य सुधार
यस अवधिमा बैंकले व्यवसायको आकार बढ्दै गर्दा समेत खराब कर्जा अनुपात भने उल्लेख्य सुधार गरेको छ । जसलाई कुशल व्यवस्थापनको रुपमा बुझ्न सकिन्छ ।

गत आवको पुसमा बैंकमा खराब कर्जाको अनुपात १.१३ रहेकोमा ०.६२ प्रतिशतमा घटेको छ । यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७६.४९ बाट बढेर ७८.५० प्रतिशत पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।