सानिमा बैंकको खुद नाफा अर्ब नजिक पुग्दा कति भयो प्रतिशेयर आम्दानी ?

Jan 30, 2019 Merolagani

सानिमा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९८ करोड २० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा यो १८.२५ प्रतिशत अर्थात १५ करोड १५ लाख रुपैयाँले बढी हो । गत वर्ष बैंकले ८३ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टले फ्रि प्रोफिटमा संकुचन

एनएफआरएस प्रतिवेदन अनुसार सानिमा बैंकले ९४ करोड ९९ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत वर्ष यस्तो रकम ८० करोड ८३ लाख रुपैयाँ रहेको थियो ।

चालू आवको दोस्रो त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एडजस्टमेन्टमा ३ करोड २१ लाख व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफाभन्दा घटेको हो । तर गत बर्षको दोस्रो त्रैमासको तुलनामा भने फ्रि प्रोफिट बढेको छ ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

चुक्ता पूँजी स्थिर रहँदा प्रतिशेयर आम्दानीमा सुधार

बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख रुपैयाँमा स्थिर रहेपश्चात बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ६२ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात १२.३५ गुणा बढी रहेको छ ।

गत वर्ष २ अर्ब ३ करोड ८६ लाख रुपैयाँ संचित रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ ।

निक्षेप ८५ अर्ब र कर्जा ७७ अर्ब

सानिमा बैंकले बुधबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ८५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १७ अर्ब १८ करोड रुपैयाँले बढी हो । गत वर्ष ६८ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

त्यसैगरि कर्जा परिचालनतर्फ ६१ अर्ब २३ लाख रहेकोमा बढोत्तरी गरेर ७७ अर्ब २२ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले निक्षेप संकलन २५.०८ र कर्जा विस्तारलाई २६.११ प्रतिशतले बढाउँदै आफ्नो खुद नाफा बढाएसँगै बैंकको अधिकांश सूचक सकारात्मक देखिएका हुन् ।
बैंकले व्यवसायको आकार बढाउँदै आफ्नो खुद नाफा बढाएर वाणिज्य बैंकहरुमा आफूलाई अब्बल बनाउन लागि परेको छ ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

खर्च नियन्त्रणको चूनौती

वाणिज्य बैंकहरुमा धेरै सूचकहरुमा आफू अब्बल बन्न प्रयासरत सानिमालाई खर्च नियन्त्रणको चुनौती थपिएको छ । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढ्दै जाँदा यसको नियन्त्रणमा व्यवस्थापन लाग्नुपर्ने देखिन्छ ।

समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ५८ करोड १० लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा ३६ करोड १२ लाख रुपैयाँ रहेको थियो । यस्तै गत वर्ष २० करोड ७४ लाख रुपैयाँ रहेको अन्य सञ्चालन खर्च यस अवधिमा २९ करोड ९४ लाखमा पुगेको छ ।

निष्कृय कर्जा बढ्यो

विगतदेखि नै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम खराब कर्जा अनुपात कायम राख्दै आएको सानिमा बैंकले अहिले भने खराब कर्जाको अनुपातमा वृद्धि भएको छ । व्यवसायको आकारमा बढोत्तरी गर्दा खराब कर्जा नियन्त्रण भने बैक चुकेको देखिन्छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ०.०३ प्रतिशत रहेको खराब कर्जा अनुपात ०.२४ प्रतिशत पुगेको हो ।

खुद ब्याज आम्दानी करिब दुई अर्ब

एनएफआरएस अनुसार बैंकले खुद ब्याज आम्दानीबाटै एक अर्ब ९० करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा बैंकले ५ अर्ब ६ करोड ९६ लाख ब्याज आम्दानी गरेर ३ अर्ब १६ करोड २ लाख रुपैयाँ ब्याज खर्च गरेको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ३५ करोड ४२ लाख रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५५ करोड ५१ लाख रुपैयाँले बढाएको हो ।

निक्षेप लागत ७.४८, आधार ब्याजदर १०.५५ प्रतिशत

वित्तीय बजारमा तरलताको चरम संकटको अवस्था सिर्जना हुँदा त्यसको असर बैंकको वित्तीय विवरणमा पनि देखिएको छ । बैंकको आधार ब्याजदर र निक्षेप संकलन लागतमा वृद्धि भएको छ ।
गत आवको प्रथम त्रैमासमा बैंकको निक्षेप लागत ७.२४ प्रतिशतबाट ७.५७ मा बढेको छ भने आधार ब्याजदर ८.९६ बाट ९.७५ प्रतिशतमा बढेको छ ।

कर्जा निक्षेप अनुपात सीमा नजिक

दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार सानिमा बैंकको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमा ८० प्रतिशत नजिक रहेको छ । यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७८.२५ प्रतिशत छ । गत वर्षको यसै अवधिमा बैंकको यस्तो अनुपात ७८.५३ प्रतिशत थियो ।

राष्ट्र बैंकको व्यवस्था अनुसार हरेक वाणिज्य बैंकले एक सय रुपैयाँ निक्षेप संकलन गर्दा ८० रुपैयाँ मात्र कर्जा परिचालन गर्न पाउँछन् । बैंकको यस्तो सीमा पुगेकाले थप कर्जा परिचालन गर्न निक्षेप बढाएर पूँजी कोष अनुपात बढाउँदै लग्नुपर्ने देखिन्छ ।

पूँजी कोष अनुपात खुम्चिएकाले बैंकले केही समय अघि ऋणपत्र जारी गरेको थियो । बैंकले अब कर्जा विस्तार भन्दा निक्षेप संकलनमा जोड दिनुपर्ने बेला आएको छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।