हिमालयन बैंकको खुद नाफा १३६ करोड, लाभांश क्षमता कति ?

Jan 31, 2019 Merolagani

हिमालयन बैंक (HBL) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३६ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा २३.६२ प्रतिशत अर्थात २६ करोड ११ लाख रुपैयाँले धेरै हो।गत आवको यसै अवधिमा बैंकले एक अर्ब १० करोड ५८ लाख खुद नाफा कमाएको थियो ।

फ्रि प्रोफिट एक अर्ब १६ करोड

नेपाल फाइनान्सियल रिर्पोटङ स्टयाण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार वित्तीय विवरण अनुसार हिमालयन बैंकले एक अर्ब १६ करोड ११ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) गरेको छ।राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टमा व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा २० करोड ५८ लाख रुपैयाँ घटेको छ ।

गत आवको पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तसम्ममा बैंकले एक ५ करोड ३२ लाख रुपैयाँले फ्रि प्रोफिट बढाएको हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकको फ्रि प्रोफिट एक अर्ब १० करोड ७८ लाख रुपैयाँ थियो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपछि बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न सक्दछ ।

पूँजी सँगै जगेडा कोष पनि मजबुत

गत आवको नाफाबाट ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद लाभांश बाँडेको बैंकले चुक्ता पूँजीसँगै जगेडा कोष पनि मजबुत बन्दै गएको छ । यस त्रैमाससम्ममा हिमालयन बैंकले ८ अर्ब ११ करोड ४५ लाखबाट ८ अर्ब ५२ करोड २ लाख रुपैयाँ पुगेको छ ।

यसैगरि गत पुस मसान्तमा ४ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषको आकार ६ अर्ब ६ करोड ६० लाखमा बढेृको छ । यस अवधिमा बैंकले एक अर्ब ३६ करोड ९४ लाख रुपैयाँले जगेडा मजबुत बनाएको हो।

प्रतिशेयर आम्दानी ३२ रुपैयाँ

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी करिब पाँच रुपैयाँले सुधार भएको छ । गत आवको पुस मसान्तसम्ममा २७ रुपैयाँ २६ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा पुगेको हो ।
बैंकको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २० पैसा छ भने मूल्य आम्दानी अनुपात १७.६४ गुणा बढी छ ।

 

नोट:रकमलाई हजारमा देखाइएको छ ।

निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा जोड

पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलनमा भन्दा कर्जा लगानीको वृद्धिद्धर बढी छ । यस अवधिमा बैंकले निक्षेप १४.५४ प्रतिशतले वृद्धि गर्दा कर्जा लगानी रकम २०.४१ प्रतिशतले बढाएको हो ।

चालू आवको दोस्रो त्रैमासम्ममा एक खर्ब ६ अर्ब १० करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९८ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकले गत वर्षको सोही अवधिमा बैंकले ९२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरि ८२ अर्ब ८ करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

खुद ब्याज आम्दानी ६२ करोड बढ्यो

चालू आवको यस अवधिमा बैंकले खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएको छ । यस अवधिमा बैंकले दुई अर्ब ४९ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा ३३.३७ प्रतिशत अर्थात ६२ करोड ३९ लाख रुपैयाँले धेरै हो ।

गत अवको प्रथम त्रैमासमा बैंकले एक अर्ब ८६ करोड ९५ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

निष्कृय कर्जा अनुपातमा सुधार

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको निष्कृय कर्जा अनुपात यस त्रैमासमा घटेको छ । गत वर्षको यसै अवधिमा बैंकमा निष्कृय कर्जा अनुपात १.३२ प्रतिशत रहेकोमा १.२५ प्रतिशतमा झरेको हो ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।