लक्ष्मी बैंकको खुद नाफा ३१.५६% बढ्याे , जगेडा कोष मजबुत बन्दै

Jan 31, 2019 Merolagani

लक्ष्मी बैंक (LBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा ३१.५६ प्रतिशतको प्रगति सहितको वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ। खराब कर्जा घटाएर अन्य सूचकहरु सुधारउन्मुख रहेको बैंकको जगेडा कोषको आकारमा भने उत्कृष्ट बढोत्तरी गरेको छ।

चुक्ता पूँजी स्थिर, जगेडा कोष मजबुत बन्दै

गत आर्थिक वर्षको नाफाबाट ८.५० प्रतिशत बोनस घोषणा गरेको बैंकले दोस्रो त्रैमासमा बोनस पूँजीकरण नगर्दा यस अवधिमा बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड १६ लाख रुपैयाँमा स्थिर छ ।

यस अवधिमा बैंकको जगेडा कोषमा चार अर्ब ४४ करोेड ६१ लाख रुपैयाँ सञ्चित छ। बैंकको जगेडा कोषको आकारमा गत पुसको तुलनामा जुन ४८.५३ प्रतिशत अर्थात एक अर्ब ४५ करोड २७ लाखले सुधार आएको हो ।

खुद नाफा ७२ करोड, फ्रि प्रोफिट ६७ करोड

नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्ट्याण्डर्ड अनुसार बैंकले दोस्रो त्रैमाससम्ममा ७२ करोड ३७ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको छ। जुन गत वर्षको यसै अवधिको तुलनामा ३१.५६ प्रतिशत अर्थात १७ करोड ३६ लाख रुपैयाँ बढी हो । गत वर्षको यसै अवधिमा बैंकले ५५ करोड एक लाख खुद नाफा गरेको थियो ।

एनएफआरएस अनुसार रेगुलेटरी एड्जस्टमेन्ट वापतको ५ करोड १६ लाख व्यवस्था पश्चात भने बैंकको फ्रि प्रोफिट ६७ करोड २१ लाख कायम भएको छ । जुन गत वर्षको पुस मसान्तको भन्दा भन्दा २९.४३ प्रतिशत बढी हो । गत पुसमा बैंकले ५१ करोड ९२ लाख फ्रि प्रोफिट आर्जन गरेको थियो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

बैंकको सञ्चालन मुनाफा, ब्याज आम्दानी तथा नियमित कारोबारबाट हुने आम्दानी बढेपछि नाफामा बढोत्तरी आएको हो ।

प्रतिशेयर आम्दानी र नेटवर्थ यस्तो

गत आर्थिक वर्षको बोनस पूँजीकरण नगर्दा बैंकको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ दुबै बढेको छ ।
गत पुस मसान्तमा १५ रुपैयाँ ८२ पैसा प्रतिशेयर आम्दानी र १३६ रुपैयाँ ४१ पैसा रहेको बैंकको नेटवर्थ क्रमश १७ रुपैयाँ ६१ पैसा तथा १५४ रुपैयाँ ८ पैसा कायम भएको छ ।बैंकको मुल्य आम्दानी अनुपात १२.७५ गुणा छ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

निक्षेप संकलन र कर्जा कर्जा विस्तार

चालू आवको पुस मसान्तसम्मको तुलनामा बैंकले निक्षेप संकलन १५ अर्ब ६१ करोड ५१ लाख रुपैयाँ र कर्जा लगानी १५ अर्ब ७५ करोड ८५ लाख रुपैयाँले विस्तार गरेको छ ।

गत आवको पुसमा बैंकसँग ६० अर्ब २७ करोड ९३ लाख रुपैयाँ निक्षेप रहेकोमा चालु आवको पुस मसान्तमा आइपुग्दा ७५ अर्ब ८९ करोड ४५ लाखमा बढेको छ ।यस्तै कर्जा लगानीतर्फ गत आवको पुससम्ममा ५४ अर्ब ८१ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेकोमा हाल ७० अर्ब ५७ करोड १२ लाख बराबरको प्रवाह भएको छ ।

बैंकको निक्षेप २५.९० प्रतिशतले तथा कर्जा लगानी २८.७५ प्रतिशतले बढेको छ । बैंकको कर्जा निक्षेप अनुपात सिसिडी रेसियो ७७.९३ बाट ७७.५६ प्रतिशतमा घटेको छ । यसले बैंकलाई थप कर्जा विस्तार गर्न केही स्पेश देखिन्छ ।
अर्थतन्त्रको आकार बढ्दै जाँदा बैंकहरुले लगानीका लागि प्रशस्त स्पेशहरु पाइरहेका छन् । जसले बैंकहरुको निक्षेप संकलन भन्दा सबैजसो बैंकहरुको कर्जा लगानी बढ्न पुग्दा धेरै बैंकले सिसिडी अनुपात ८० प्रतिशत नाघेर राष्ट्र बैंकको कारवाही समेत सामना गर्नुपर्ने अवस्था समेत आउन थालिसकेको छ।

खुद ब्याज आम्दानी एक अर्ब ४५ करोड

दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ४५ करोड ४३ लाख रुपैयाँ छ। गत पुसको तुलनामा बैंकको खुद ब्याज आम्दानी ४१.४९ प्रतिशतले बढेको हो। गत पुस मसान्तमा बैंकले एक अर्ब दुई करोड ७८ लाख खुद ब्याज आम्दानी आर्जन गरेको थियो।

निष्क्रिय कर्जा घट्यो

बैंकको कर्जा लगानी बढ्दा पनि निष्क्रिय कर्जाको आकार भने केही घटाएको छ । यसअवधिमा बैंकको खराब कर्जा १.११ प्रतिशत छ । गत वर्ष पुस मसान्तमा यस्तो अनुपात १.२९ प्रतिशत थियो ।

लागत बढ्यो, आधारदरमा राहत

समीक्षा अवधिमा बैंकको कोषको लागत बढेको छ भने आधार ब्याजदरमा केही सुधार हुँदा ऋणीलाई ब्याजदर वृद्धि हुने डर अन्त्य भएको देखिन्छ ।

यस अवधिमा बैंकको आधार ब्याजदर १०.३६ प्रतिशत रहेको छ भने कोषको लागत बढेर ७.६८ प्रतिशत छ । गत आवको पुस मसान्तमा बैंकको अधार ब्याजदर १०.८८ प्रतिशत र कोषको लागत बढेर ७.४२ प्रतिशत थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।