नेपाल बैंकको खुद नाफा सामान्य वृद्धि, जगेडा कोष साढे १९ अर्बको बन्दा नेटवर्थ ३०० रुपैयाँ

Feb 02, 2019 Merolagani

- तीर्थराज पाैड्याल।
नेपाल बैंक (NBL) को खुद नाफा चालू आर्थिक वर्षको ६ महिना अवधिमा सामान्य बढेको छ। गत आवको पुस मसान्तसम्ममा एक अर्ब ६३ करोड ८४ लाख नाफा कमाएको बैंकको नाफा एक अर्ब ६६ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

एफपिओ प्रिमियमले जगेडा कोष आकर्षक

नेपाल बैंकले शनिबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार बैंकको जगेडा कोषको आकार १९ अर्ब ६५ करोड पुगेको छ । गत आवको पुस मसान्तमा बैंकको जगेडा कोष ५ अर्ब ४ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष १४ अर्ब ६० करोड रुपैयाँले बढेको हो । एनएफआरएस प्रतिवेदन अनुसार बैंकको विभिन्न कम्पनीको शेयरमा रहेको लगानी तथा अचल सम्पत्तिको मूलयाङ्कन कारण जगेडा आकर्षक बनेको हो । साथै बैंकले एक करोड ७६ लाख कित्ता एफपिओ बिक्रीबाट प्रतिकित्ता १८० रूपैयाँ प्रिमियम दरमा बैंकले तीन अर्ब २० करोड रुपैयाँ प्रिमियम रकम समेत संकलन गरेको थियो ।

एफपिओ बिक्रीबाट प्राप्त प्रिमियम रकमले आकर्षक बढोत्तरी भएपछि बैंकको प्रतिशेयर नेटवर्थ ३०० रुपैयाँ २८ पैसा पुगेको छ। गत पुसमा बैंकको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ७६ पैसा रहेको थियो ।

फ्रि प्रोफिट घट्यो, एक अर्ब ५७ करोड आर्जन

एनएफआरएस रिर्पोट अनुसार बैंकले पुस मसान्त्सम्ममा एक अर्ब ५७ करोड ६८ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत आर्थिक वर्षको यसै त्रैमासिक अवधिमा बैंकले एक अर्ब ६३ करोड ८४ लाख रुपैयाँ फ्रि प्रोफिट आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको फ्रि प्रोफिट दुई करोड ३० लाखले घटेको हो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट ८ करोड ४६ लाख रुपैयाँ व्यवस्था पश्चात बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।

चुक्ता पूँजी उकालो लाग्दा, प्रतिशेयर आम्दानीमा ओरालो

बैंकको गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ अर्ब ४ करोड ५३ लाख रहेको बैंकको चुक्ता पूँजी एफपिओ बिक्री पश्चात २१.९६ प्रतिशतले बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

बैंकको पूँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसक्दा यसको असर प्रतिशेयर आम्दानीमा देखिएको छ । पुस मसान्तसम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८७ पैसा रहेको छ । गत आवको पुसमा बैंकको इपिएस ४० रुपैयाँ ७४ पैसा रहेको थियो ।

निक्षेपभन्दा कर्जा परिचालन सुस्त

अन्य वाणिज्य बैंकहरुले निक्षेप संकलन र कर्जा विस्तारलाई बढोत्तरी गरेर खुद नाफा बढाइरहेको परिप्रेक्षमा नेपाल बैंकको व्यवसाय विस्तार भने निकै सुस्त देखिएको छ । गत आवको पुस मसान्तको तुलनामा निक्षेप संकलनमा १५ प्रतिशत बढोत्तरी गरेको नेपाल बैंकले कर्जा विस्तार ९ प्रतिशतले मात्र बढाएको छ ।

यस अवधिमा बैंकले निक्षेप संकलन एक खर्ब पाँच अर्ब ६७ करोड ८२ लाख रुपैयाँ गरेको छ भने ८५ अर्ब ७९ करोड ८४ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । गत वर्ष पुसमा बैंकको निक्षेप संकलन ९१ अर्ब ८९ करोड ८६ लाख र कर्जा लगानी ७८ अर्ब ७१ करोड २ लाख रुपैयाँ बराबरको प्रवाह गरेको थियो ।

अन्य वाणिज्य बैंकहरुको ७८ प्रतिशत माथि कर्जा निक्षेप अनुपात रहेकोमा नेपाल बैंकको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार ७१.४७ प्रतिशत मात्र छ । यसले बैंकले व्यवसायको आकार बढाएर नाफा बढाउने मार्ग प्रशस्त रहेको देखिन्छ ।

खुद ब्याज आम्दानी तीन अर्ब माथि

नेपाल बैंकको खुद ब्याज आम्दानी गत पुसको तुलनामा २२ करोड ६९ लाख रुपैयाँले बढेको छ । गत आवको पुस मसान्तमा दुई अर्ब ९४ करोड ३ लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको दोस्रो त्रैमासमा तीन अर्ब १६ करोड ७२ लाख आम्दानी गरेको हो ।

चालू आवको ६ महिनामा ५ अर्ब २५ लाख खुद ब्याज आम्दानी गरेको बैंकले १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । यस्तै बैंकले यस अवधिमा सञ्चालन नाफा २६.२० प्रतिशतले बढाएको छ । गत आवको पुसमा एक अर्ब ८३ करोड २४ लाख रहेको सञ्चालन नाफा २ अर्ब ३१ञ् करोड २४ लाख पुगेको हो ।

 

नोट:रकमलाई हजारमा देखाइएको छ ।

कोषको लागत न्यून, आधार ब्याजदर घट्यो

नेपाल बैंकको आधार ब्याजदर र निक्षेप संकलन लागत पनि अन्य बैंकहरुको तुलनामा निकै कम छ । यस अवधिमा बैंकको निक्षेप संकलन लागत ३.५८ प्रतिशत र आधार ब्याजदर ६.०६ प्रतिशत मात्र रहेको छ ।

गत पुस मसान्तमा बैंकको निक्षेप संकलन लागत २.९४ प्रतिशत र आधार ब्याजदर ६.९३ प्रतिशत रहेको थियो । सरकारी स्वामित्वको बैंक भएकाले पनि सरकारी बचतले बैंकको कोषको आकार बढ्न पाएको छैन भने आधार ब्याजदर थोरै हुँदा ऋणीहरुले सस्तो ब्याजदरमा नै कर्जा प्राप्त गर्न सक्ने अवस्था देखिन्छ ।

निष्कृय कर्जा अनुपात घट्नु सकारात्मक

कुनै बेला खराब कर्जाले थलिएर नाजुक अवस्थासम्म पुगेको यस बैंक पछिल्ला दिनहरुमा असल ऋणीमा मात्र ऋण प्रवाह गर्दै खराब कर्जा घटाउँदै लगेको छ ।

गत आवको पुस मसान्तमा ३.२३ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात घटेर २.७४ प्रतिशतमा झरेको छ ।व्यवसाय बढाएर पुरानो खराब कर्जा असुलीबाट खराब कर्जा नियन्त्रण गर्दै जानुलाई बैंकको प्रगति नै मान्नुपर्छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।