एभरेष्ट इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयरमा बोलपत्र आवेदन खुला

Feb 04, 2019 Merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले हकप्रदमा अवितरित एक लाख ९७ हजार ७१७ कित्ता संस्थापक हकप्रद लिलाम बढाबढमा ल्याएको छ। इच्छुक लगानीकर्ताले कम्पनीको उक्त्त शेयरमा माघ १८ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नक्साल र सिद्धार्थ बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी, सुर्खेत, नेपालगञ्ज शाखा कार्यलयबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन गर्दा न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा माथि बढाबढ मूल्यमा एक सय कित्तादेखि आवेदन खुला भएको सम्पूर्ण कित्ताका लागि माग गर्न सक्नेछन् ।

तर बीमा समितिले एक व्यक्ति वा संस्थाले खरिद गर्न पाउने भनि तोकेको सीमाभन्दा बढी नहुने गरि पेश गर्नुपर्नेछ । एक इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ८१३ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजीको १०५ प्रतिशत हकप्रद निष्काशन गर्दा सो परिमाणमा हकप्रद बिक्री नभएपछि लिलामी मार्फत बिक्रीमा ल्याएको हो।

इन्स्योरेन्सको मंसिर १६ गतेदेखि पुस २२ गतेसम्म कूल १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक समूहको हकप्रद बिक्री खुला गरेको थियो । सो शेयरमा १२ लाख ५ हजार ६०८ कित्ताका लागि मात्र आवेदन परेकोले सो शेयर गत माघ ९ गते बाँडफाँड गरेकाे थियाे ।

बीमा समितिको निर्देशन अनुरुप संस्थापक शेयर हिस्सा ५१ प्रतिशत कायम गर्न पहिलो चरणमा कम्पनीले १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गरेको थियो । यो लिलामी पश्चात कम्पनीले ३०० प्रतिशत हकप्रद बिक्री गरि एक अर्ब रुपैयाँ पूँजी कायम गर्ने जनाएको छ ।

संस्थापक शेयरको लिलामी बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

सो पश्चात बिक्री हुने ३०० प्रतिशत हकप्रद पूँजीकरण पश्चात एक अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ चुक्ता पूँजी कायम हुने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।