एनसीसी बैंकको दोस्रो त्रैमासिक प्रतिवेदन: कुन सूचाङ्कमा अब्बल, कुनमा कमजोर ?

Feb 05, 2019 Merolagani

नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) (NCCB) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा गत पुस मसान्तको तुलनामा धेरै सूचाङ्कमा आकर्षक सुधार गरेको छ। वितरण योग्य नाफा (फ्रि प्रोफिट) सबैभन्दा धेरै बढाएको बैंकले खुद नाफा, ब्याज आम्दानी लगायतका आम्दानीका सूचकहरू सबल बनाएपनि बैंकको प्रतिशेयर आम्दानी र नेटवर्थ भने कमजोर बनेको छ ।

आम्दानीका सूचकहरुमा भने उलेख्य प्रगति गरेको यस बैंकले पचास प्रतिशत हकप्रद जारी गरेर पनि राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी कायम गर्न सकेको छैन । 

समीक्षा अवधिमा बैंकले निक्षेप, तथा जगेडा कोषको आकारमा दश प्रतिशतले वृद्धि गरेको छ भने कर्जा लगानी करिब १७ प्रतिशतले बढाएको छ । बैंकको कोषको लागत बढेपनि आधार ब्याजदर घटेकाले ऋणीहरुले केही राहत प्राप्त गर्नसक्ने अवस्था नै देखिन्छ ।

फ्रि प्रोफिट १३२ प्रतिशतले बढ्यो

नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार एनसीसी बैंकको वितरणयोग्य लाभांश (फ्रि प्रोफिट) १३२ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामा बैंकले राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार रेगुलेटरी एड्जसमेन्ट वापतको ९ करोड ७२ लाख रुपैयाँ व्यवस्था पश्चात बैंकले ६४ करोड ३९ लाख रुपैयाँ फ्रि प्रोफिट आर्जन गरेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको फ्रि प्रोफ्रिट २७ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

खुद नाफा ७४ करोड ११ लाख
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनसीसी बैंकले ७४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकको खुद नाफा गत पुस मसान्तको तुलनामा ३९.८४ प्रतिशत अर्थात २१ करोड ११ लाख रुपैयाँले बढेको छ । गत पुस मसान्तसम्म ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ घट्यो

हकप्रदले ५० प्रतिशत चुक्ता पूँजी वृद्धि गरेको बैंकको नाफा ४० प्रतिशत हाराहारीमा मात्र वृद्धि भएकोले बैंकको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ समीक्षा अवधिमा घटेको छ ।

गत आवको पुसको वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६५ पैसा रहेकोमा चालू आवको यसै अवधिमा २१ रुपैयाँ १२ पैसामा झरेको छ । यस्तै प्रतिशेयर नेटवर्थ पनि १८० रुपैयाँ ५५ पैसाबाट १५९ रुपैयाँ ५५ पैसामा सीमिति भएको छ ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्ब एक करोड ८५ लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकलाई अझै ९९ करोड अपुग देखिन्छ ।

बैंकको जगेडा कोषमा चार अर्ब १७ करोेड ९३ लाख रुपैयाँ छ। गत आवको यसै अवधिमा बैंकको जगेडा कोषको आकार ३ अर्ब ७६ करोेड ९१ लाख रहेको थियो।

निक्षेप बढाउनुपर्ने दबाब

बैंकले यसअवधिसम्म ६४ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ४४ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत पुसको तुलनामा बैंकको निक्षेप ९.४१ र कर्जा लगानी रकम १६.९० प्रतिशतले बढेको भएपनि चालू आवको प्रथम त्रैमासको तुलनामा बैंकको निक्षेप र कर्जा लगानी निकै सुस्त बढेको छ ।

बैंकको निक्षेप वृद्धिभन्दा कर्जा लगानी रकम वृद्धि उच्च भएकाले बैंकलाई बचत संकलन बढाउनुपर्ने दबाब छ । बैंकको कर्जा निक्षेप अनुपात सिडि रेशियो ७८.२१ प्रतिशत छ ।

दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ४६ करोड ५४ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ११७.८५ प्रतिशतले बढेको हो।

निष्क्रिय कर्जा अनुपात, आधार ब्याजददर र कोषको लागत घट्यो

गत पुस मसान्तको तुलनामा बैंकको खराब कर्जा अनुपात, कोषको लागत र आधार ब्याजदर घटेको छ । 

चालू आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको खराब कर्जा अनुपात ३.५३ प्रतिशत, आधार ब्याजदर १०.८७ प्रतिशत र कोषको लागत ७.९५ प्रतिशत रहेको छ ।

गत आवको पुस मसान्तमा बैंकको खराब कर्जा अनुपात ४. ०४ प्रतिशत, आधार ब्याजदर ११.४५ प्रतिशत र कोषको लागत ८.६४ प्रतिशत रहेको थियाे ।

बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ५५ पैसा र मुल्य आम्दानी अनुपात १०.३२ गुणा बढी छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।