कुमारी बैंकको सुरक्षित भिसा क्रेडिट कार्ड सञ्चालनमा

Feb 06, 2019 Merolagani

कुमारी बैंक लिमिटेड (KBL) ले थ्री डि सेक्युर प्रोटोकोलमा आधारित भेरिफाइड बाई भिसा प्रणाली अनुसार कुमारीको भिसा क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।

बैंकका भिसा क्रेडिट कार्डहोल्डरहरुले अब उक्त कार्डबाट सुरक्षित इ–कमर्स कारोबारहरु गर्न सक्नेछन् ।

यस भिसा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्दा कार्डहोल्डर प्रमाणीकरण विधि अनुरूप थप सुरक्षा महसुस गर्ने छन् । जस अन्तर्गत कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा, इ-मेल वा एसएमएसबाट “वान टाइम पासर्वड” प्राप्त गर्ने छन्, जसबाट कार्डहोल्डरको पहिचान प्रमाणीकरण हुनेछ । 

अब कुमारी बैंकको क्रेडिट कार्डबाट कारोबार गर्दा उक्त सुरक्षाको कारण निश्चिन्त भई अनलाइन शपिङ्ग लगायतका अतिरिक्त कारोबार गर्न सक्नेछन् ।

यस सुरक्षा प्रणाली कार्यान्वयन पश्चात् बैंकका क्रेडिट कार्डहोल्डरहरुकोे बैंकिङ्ग सेवा लगायत अनलाइन कारोबार प्रणालीमा ग्राहकहरुमा कन्फिडेन्स बढ्नेमा बैंक विश्वस्त छ ।

यसैगरी, कार्डहोल्डरहरुले छिट्टै कुमारी बैंकको मोबाइल टोकन एप डाउनलोड गरेर पनि अनलाइन कारोबारको वान टाइम पासर्वड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

समसामयिक सन्दर्भमा पहिचान चोरी लगायत अनलाइन भुक्तानीमा बढ्दो ठगीलाई न्यूनीकरण गर्दै आफ्ना ग्राहक वर्गहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा दिने प्रयत्नका साथ उक्त प्रणाली प्रयोगमा ल्याएको बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।