एप्पल फेरि बन्यो विश्वको सबैभन्दा ठूलो कम्पनी

Feb 06, 2019 Merolagani

एप्पल एकपटक फेरि दुनियाँको सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी बनेको छ । मंगलबार एप्पलले बजार पूँजीकरणमा माइक्रोसफ्टलाई पछाडि छाडिदिएको हो ।

योसँगै एप्पलको बजार पूँजीकरण ८२ हजार १०० करोड डलर पुगेको छ। दोस्रो नम्बरमा रहेको माइक्रोसफ्टको बजार पूँजीकरण ८१ हजार ९०० करोड डलर रहेको छ। ८१ हजार ६०० करोड डलरका साथ अमेजन तेस्रो नम्बरमा रहेको छ ।

एप्पलको शेयर मंगलबार १.७१ प्रतिशत नाफामा रह्यो। विगत ५ ट्रेडिङ सेशनभन्दा यसमा तीव्र वृद्धि भइरहेको थियो । जसका कारण कम्पनीको बजार पूँजीकरणमा वृद्धि भएको हो ।

नोभेम्बरमा एप्पललाई पछि पार्दै माइक्रोसफ्ट सबैभन्दा धेरै पूँजीकरण भएको कम्पनी बनेको थियो । १६ बर्षपछि माइक्रोसफ्ट सबैभन्दा बढी पूँजीकरण भएको कम्पनी बनेको थियो । तर जनवरीमा अमेजनले माइक्रोसफ्टलाई पछाडि पारिदिएको थियो । केही दिन पहिले फेरी माइक्रोसफ्ट पूँजीकरणमा नम्बर एकमा रहेको थियो ।

अगस्ट २०१८ मा एप्पलको बजार पूँजीकरण एक ट्रिलियन डलर पुगेको थियो । यो स्थान हासिल गर्ने एप्पल दुनियाँको दोस्रो कम्पनी बनेको थियो । तर आइफोनको विक्री घटेका कारण उसलाई केही दिनदेखि नोक्सान भइरहेको थियो । त्यसैले एप्पलको शेयरमा गिरावट आएको थियो र कम्पनीको बजार पूँजीकरण माइक्रोसफ्ट र अमेजनभन्दा पछाडि परेको थियो ।

एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।