महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्ति पछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ ।
दोश्रो लगानी फिर्ता म्यादी बीमा योजनामा बीमा शुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्ति पछि जम्मा गरेको बीमाशुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी गरिनेछ ।
तेस्रो महालक्ष्मी सावधिक बीमा योजना अन्तर्गत न्युनतम बीमाशुल्कमा सुरक्षा पनि पाइने, बचत पनि हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने छ ।
उपरोक्त तीनवटा बीमा योजना मध्ये महालक्ष्मी डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना नेपालमा पहिलो पटक सार्वजनिक भएको नौलो बीमा योजना रहेको कम्पनीले जनायो ।
कम्पनीले माघ भित्र काठमाडौं, वीरगंज, पोखराबाट कारोवार गर्दैछ भने इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो साता भित्र कारोबार संचालनको तयारी गरिएको छ । कार्यालय सजावट सकिए लगत्तै प्रधान कार्यालय र सातै प्रदेशमा कार्यालयहरु एकैपटक औपचारिक रुपमा सञ्चालनमा आउने बताइएको छ ।
कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालयको स्वीकृति लिए अनुसार फागुुन भित्र विर्तामोड, इटहरी, लहान, नारायणगढ, बुटवल, दाङ्ग, सुर्खेत, कोहलपुर, धनगढी र जनकपुरमा शाखा कार्यालय खोलिसक्ने योेजनामा कम्पनी छ ।
२०७६ आषाढ भित्र मध्य पहाडी क्षेत्रका १२ वटा र काठमाण्डौं उपत्यका भित्र थप १० वटा समेत कूल ३५ वटा शाखा कार्यालय सञ्चालन गर्ने बताइएको छ ।
बीमा समितिले तोके अनुसार २ अर्ब रुपैंया चुक्ता पूँजी बनाउनु पर्ने हुन्छ । संस्थापकहरुबाट १ अर्ब ४० करोड रुपैंया पूँजी चुक्ता भएको कम्पनीले सर्वसाधारणमा ६० करोडको साधारण शेयर निष्काशन गर्नेछ ।
कम्पनीको सञ्चालक समितिमा अध्यक्ष मनोरञ्जन रमण शर्मा तथा सञ्चालकहरु उमेशलाल श्रेष्ठ, मोहन राज जोशी र सुरेश सापकोटा छन् । महालक्ष्मीको कारोबारको पूनर्बीमा विश्वकै अग्रणी म्युनिख री र अनिवार्य पूनर्बीमा नेपाल री सँग रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कम्पनीले आगामी आषाढ मसान्त सम्मको ५ महिनामा करीब ५० करोड रुपैंया बीमाशुल्क संकलन गर्ने लक्ष्य अनुरुप काम भैरहेको जनाएको छ । कम्पनी सञ्चालन भएको २ वर्ष भित्र १० वटा नयाँ बीमा कम्पनीहरु मध्ये पहिलो हुने र आगामी ५ वर्ष भित्र सम्पूर्ण जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनी हुने लक्ष्य कम्पनीले लिएको छ ।