आशाको आईपिओले पार्ने भयो साढे दुई लाखलाई निराशा, शुक्रबार बाँडफाँड

Feb 07, 2019 Merolagani

आशा लघुवित्तले जारी गरेको आइपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । आईपिओमा आवेदन गरेका २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाउने निश्चित भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार शेयर बाँडफाँड गर्ने कार्यतालिका स्वीकृत भएको छ । क्यापिटलका अनुसार लघुवित्तको आईपिओ १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ जनालाई मात्र बितरण गरिनेछ ।

क्यापिटलका अनुसार लघुवित्तको शेयरमा कुल ३ लाख ९ हजार ७८२ आवेदन परेको थियो । जसमध्यै ६७७ वटा आवेदन रद्ध भएका छन् । बाँकी ३ लाख ९ हजार १०५ आवेदकलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि गराउँदा २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाउने भएका हुन् ।

प्रतिशतका आधारमा हेर्दा लघुवित्तको शेयर पाउने आवेदकहरु २०.३८ प्रतिशत मात्र हुने भएका छन् । शेयर नपाउने आवेदकको प्रतिशत ७९.६२ रहेको छ । लघुवित्तको आईपिओमा झण्डै २० गुणा बढीको आवेदन परेको थियो । लघुवित्तको आईपिओमा न्युनतम १० र बढीमा तीन हजार ३७० कित्तासम्म आबेदन गर्न पाइने व्यवस्था गरिएको थियो ।

लघुवित्तले माघ १८ गते देखि २२ गते सम्म ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता शेयर कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमा १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारीलाई र ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको थियो ।

१४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ निष्काशन पश्चात चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।