शुक्रबार आईपिओ बाँडफाँड गर्न लागेको आशा लघुवित्तको यस्तो छ दोस्रो त्रैमासको प्रगति

Feb 08, 2019 Merolagani

शुक्रबार आईपिओ बाँडफाँड गर्न लागेको आशा लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत वर्षको दोस्रो त्रैमासमा २६ लाख ७७ हजार रुपैयाँ नोक्सानी रहेको लघुवित्तले नोक्सानी सकाएर नाफामा पुगेको हो। 

लघुवित्तले व्यवसायको आकार बढाएसँगै खुद ब्याज आम्दानीमा आएको सुधारले एक करोड बढीले बढेको कर्मचारी र सञ्चालन खर्च गर्दा पनि लघुवित्त एक करोड ६ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । लघुवित्तका आम्दानीका अन्य सूचकहरु पनि सन्तोषजनक रुपमा सुधार भएका छन् । 
 
गत आर्थिक वर्षको पुस मसान्तमा ७ करोडको चुक्ता पूँजी हाल १४ करोड रुपैयाँ पुगेको छ । ६ करोड ७४ लाख रुपैयाँ साधारण शेयर बाँडफाँड लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ । 
यस्तै गत वर्ष एक करोड ३६ लाख रुपैयाँले ऋणात्मक रहेको लघुवित्तको जगेडा कोषमा यस त्रैमासमा ७९ लाख ३५ हजार रुपैयाँले धनात्मक बनेको छ ।
 
पुस मसान्तसम्ममा ३४ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले एक अर्ब एक करोड ६४

लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर एक अर्ब ४६ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। 

 
समीक्षा अवधिमा लघुवित्तले ४ करोड ८९ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी दुई करोड ८० लाख रुपैयाँ अर्थात १३४.२ प्रतिशतले बढेको हो । 
 
ब्याज आम्दानीले नाफा बढेसँगै यस लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा कायम भएको छ । व्यवसायको आकार बढेसँगै कम्पनीको खराब कर्जा अनुपात बढेको छ। हाल लघुवित्तमा निष्कृय कर्जा अनुपात २.३८ प्रतिशत पुगेको छ । गत वर्ष पुसमा लघुवित्तको खराब कर्जा अनुपात ०.३२ प्रतिशत मात्र थियो । 
comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।