नेप्से सूचक २२ अंकले घटेको साताकाे शेयरबजारमा यस्तो देखियो उतार-चढाव

Feb 09, 2019 Merolagani

धितोपत्र बजारमा यस साता कारोबार मापक नेप्से परिसूचक २२.०५ अंकले घटेको छ। आइतबार ११६१.६३ अंकमा खुलेको नेप्से सूचक १.९० प्रतिशतले घट्दा साताको अन्तिम दिन बिहीबार ११३९.५७ बिन्दुमा झरेको हो।

नेप्से परिसूचक घटेपनि यस साता गत साताको तुलनामा काारोबार रकम भने १२ प्रतिशत अर्थात १६ करोड ६२ लाख रुपैयाँले बढेको छ । 

पाँच कारोबार दिन नै खुला रहेको नेपाल स्टक एक्सचेञ्जमा यस साता स्टकमा कूल १८७ कम्पनीका ५१ लाख ३ हजार ६०० कित्ता शेयर एक अर्ब ५० करोड ४४ लाख ४० हजार रुपैयाँमा खरिद बिक्री भएका छन् । गत साता १८७ कम्पनीका ४५ लाख ७२ हजार ८६० कित्ता शेयर एक अर्ब ३३ करोड ८१ लाख ८० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

अपर तामाकोशी उच्च कारोबार

यस साता अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै शेयर बराबरको काराबार भएको छ । कम्पनीको ५ लाख २२ हजार कित्ता शेयर १० करोड ४४ लाख रुपैयाँमा खरिद बिक्री भएको हो ।

यसैगरि नेपाल बैंकको ६ करोड ६५ लाख, नेपाल टेलिकमको ६ करोड १६ लाख, माछापुच्छ्रे बैंकको ५ करोड ९३ लाख, नागरिक लगानी कोषको ५ करोड ७८ लाख, नबिल बैंक ४ करोड ७७ लाख, नेपाल इन्स्योरेन्स ४ करोड ५९ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ५२ लाख, एनएमबि बैंक ३ करोड ९४ लाख र दशौं ठूलो कारोबार भएको छिमेक लघुवित्तको ३ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

समूहगत उप-सूचकमा यस्तो देखियो परिवर्तन

गत साताको तुलनामा यस साता २२ अंकले नेप्से सूचक ऋणात्मक बन्दा ११ उप समूहमध्ये सबै ऋणात्मक बनेका छन् । जीबन बीमाको इन्डेक्स सबैभन्दा धेरै १८८ अंकले घटेर ५ हजार ८३२.४८ बिन्दुमा झरेको छ । यस साता सबैभन्दा कम ब्यापार उप समूह २.७० अंक घटेर २५१.२० बिन्दुमा झरेको छ ।

 

बैंकिङ्क १२.९३, लघुवित्त १९.९१, निर्जीबन बीमा ९४.१५, वित्त ५.७५, अन्य २३.४९, जलविद्युत ४८.६८, विकास बैंक १६.२१, होटल्स २६.९९ अंक र उत्पादन तथा प्रशोधनको इन्डेक्स पनि आइतबार खुला भएको बिन्दुको आधारमा ७९ अंकले घटेर एक हजार ९४५.७८ अंकमा झरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।