सानिमा माई हाइड्रोपावरको नाफामा सामान्य वृद्धि

Feb 10, 2019 Merolagani

सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २२ करोड ९६ लाख नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । यो गत वर्षको तुलनामा ५.०३४ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा हाइड्रोले २१ करोड ८६ लाख नाफा आर्जन गरेको थियो ।

यस अवधिमा हाइड्रोले चुक्ता पूँजी १० प्रतिशतले बढाएर २ अर्ब ३२ करोड पुर्याएको छ भने जगेडा कोषमा ३९.३८ प्रतिशतले सुधार गर्दै ६ करोड ९६ लाख रुपैयाँ सञ्चित गरेको छ ।

पुस मसान्तसम्म हाइड्रोले विद्युत विक्री मार्फत् ४७ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ३.८० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा हाइड्रोले विद्युत विक्री मार्फत् ४५ करोड ७३ लाख आम्दानी गरेको थियो । अन्य स्रोत मार्फत्को आम्दानी बढाएर २ करोड ४६ लाख बाट २ करोड ८३ लाख पुर्याएको छ ।
हाइड्रोको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९९ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।