बैंक अफ काठमाण्डूको खुद नाफा ३३% बढ्यो, लाभांश क्षमतामा पनि सुधार

Feb 11, 2019 Merolagani

बैंक अफ काठमाण्डू (BOKL) ले चालू आर्थिक वर्षको ६ महिना अवधिमा आफ्नो खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा ३३.७१ प्रतिशतले बढाएको छ। नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार बैंकले ७३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हाे।

गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकले ५५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

फ्रि प्रोफिट ६६ करोड

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले ६६ करोड १३ लाख वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत वर्ष पुस मसान्तमा यस्तो नाफा ५५ करोड १५ लाख रहेको थियो ।

बैंकले गत वर्षको तुलनामा यस वर्षको दोस्रो त्रैमासिक अवधिमा १० करोड ९७ लाख रुपैयाँ अर्थात १९.८९ प्रतिशतले फ्रि प्रोफिट बढाएको हो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट वापत ७ करोड ६२ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा फ्रि प्रोफिट घटेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।

निक्षेप र कर्जा विस्तारमा सामान्य वृद्धि

चालू आर्थिक वर्षको पुस मसान्त अवधिमा बैंकले गत आवको यसै अवधिको तुलनामा निक्षेप संकलन १३.४३ र कर्जा लगानीको आकार १५.९६ प्रतिशतले बढोत्तरी गरको छ ।

यस अवधिमा बैंकको निक्षेप संकलनमा ७० अर्ब ७२ करोड १६ लाखबाट ८० अर्ब २१ करोड ८२ लाख पुगेको छ । त्यस्तै बैंकको कर्जा लगानी रकम ६३ अर्ब ४१ करोड ६६ लाखबाट ७३ अर्ब ५३ करोड ८३ लाखमा बढोत्तरी गरेको छ ।

चुक्ता पूँजी र जगेडा कोष

बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड ५३ लाखबाट ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको पूँजी १३.२५ प्रतिशतले पूँजी बढेको हो ।

यस्तै समीक्षा अवधिमा बैंकको जगेडा कोषको आकार एक अर्ब २२ करोडले सुधार भएको छ । गत आवको पुसमा बैंकको जगेडा कोषमा ४ अर्ब ८९ करोड ७५ लाखको जगेडा कोष ६ अर्ब १२ करोड ४९ लाख सञ्चित भएको छ । प्रतिशतको आधारमा हेर्दा २५ प्रतिशतको वृद्धि देखिन्छ ।

खुद ब्याज आम्दानीमा ४६ करोड बढोत्तरी

बैंकले बचत संकलन बढाउँदै व्यवसायको आकारमा गरेको वृद्धिसँगै समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.५४ प्रतिशतले बढेर एक अर्ब ७६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंक अफ काठमाण्डूले ४ अर्ब ७६ करोड ३० लाख ब्याज आम्दानी गरेर २ अर्ब ९९ करोड ३९ लाख रुपैयाँ ब्याज खर्च गरेको हो ।

गत आवको पुस मसान्तमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ३० करोड ५२ लाख रुपैयाँ मात्र रहेको थियो ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

प्रतिशेयर आम्दानी बढ्यो, निष्कृय कर्जा अनुपातमा नियन्त्रण आवश्यक

समीक्षा अवधिमा बैंकको खुद नाफा बढेसँगै गत आवको यसै अवधिको तुलनामा बैंकको प्रतिशेयर आम्दानी करिब ४ रुपैयाँ बढेको छ ।

गत आवको पुस मसान्तमा बैंकको इपिएस १७ रुपैयाँ २ पैसा रहेकोमा २० रुपैयाँ ८६ पैसा पुगेको हो । बैंकको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६० पैसा रहेको छ।

कर्जा लगानीमा भएको विस्तारले बैंकको खराब कर्जा अनुपात भने झनै बढेको छ । यसमा बैंक व्यवस्थापनले ध्यान दिनुपर्ने अवस्थामा देखिएको छ । गत आर्थिक वर्षको ६ महिना अवधिमा बैंकमा १.८६ प्रतिशत मात्र खराब कर्जा अनुपात बढेर २.०८ प्रतिशतमा पुगेको छ ।

दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको कर्जा निक्षेप अनुपात ७८.६५प्रतिशत रहेको छ । त्यस्तै बैंकको आधार ब्याजदर १०.६० प्रतिशत र कोषको लागत ७.९१ प्रतिशत छ ।समीक्षा अवधिमा आधार ब्याजदर ०.२२ र कोषको लागत ०. ३१ प्रतिशतले बढेको हो ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।