विश्व अर्थब्यवस्थामा आँधी आउन सक्ने आइएमएफको चेतावनी

Feb 11, 2019 Merolagani

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्वका सबै देशहरुलाई आर्थिक बृद्धि अनुमानभन्दा कम देखिएकाले ठूलो आर्थिक आँधीका लागि तयार रहनका लागि चेतावनी दिएको छ ।

आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिन लेगार्डले दुबईमा आयोजित वल्र्ड गभरमेन्ट समिटमा भनिन् हामीले यस्तो अर्थव्यबस्था देखिरहेका छौं जुन हाम्रो अनुमान भन्दा अधिक कम गतिमा बृद्धि भैरहेको छ ।

गत महिना आइएमएफले यस वर्षका लागि आफ्नो आर्थिक बृद्धिदरको पूर्वानुमान ३.७ प्रतिशतबाट घटाएर ३.५ बनाएको थियो ।

लेगार्डले विश्व अर्थव्यवस्थालाई कमजोर बनाउने मुख्य कारकका रुपमा अमेरिका र चीनबीचको व्यापार युद्ध र कर वृद्धि, वित्तिय कडाई, अनिश्चित ब्रेक्जिट परिणाम र चीनियाँ अर्थव्यवस्थाको सुस्तता गरी ४ वटा तत्व रहेको र त्यसले आँधी ल्याउन सक्ने चेतावनी दिएकी छन् ।

लेगार्डले विश्वका दुई ठूला अर्थब्यवस्था भएका मुलुक अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व अर्थव्यवस्थामा पहिले नै असर देखाउन सुरु गरिसकेको बताइन् ।

उनले भनिन्, 'हामीलाई यसको कुनै अनुमान छैन कि यो कसरी चलिरहेको छ र हामीलाई थाहा छ कि, यसको असर ब्यापार तथा विश्व बजारमा देखिन सुरु भैसकेको छ ।' 

लेगार्डले सरकार, फर्म र घरपरिवारद्धारा लिइएको ऋणको बढ्दो लागतलाई पनि जोखिमको कारक तत्वका रुपमा पनि संकेत गरेकी छन् । उनले भनिन्, जब धेरै बादल हुन्छन्, तब एउटा चट्याङले नै आँधी ल्याउन सक्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।