नेको इन्स्योरेन्स खुद बीमा शुल्क १२ करोडले बढ्यो, खुद नाफामा सुधार

Feb 12, 2019 Merolagani

नेको इन्स्योरेन्स (NIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६० करोड ३१ लाख रुपैंयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत बर्षको यसै अवधिको तुलनामा यो रकम १२ करोड ३३ लाख रुपैयाँले बढी हो । गत वर्षको यहि अवधिमा कम्पनीले ४७ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुर्नबीमा कमिशन आयबाट १० करोड ४९ लाख रुपैयाँ लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा नेको इन्स्योरेन्सले १७ करोड ३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक अर्ब १९ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४४ करोड रुपैयाँ, बीमा कोषमा ५४ करोड ३४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड ४ लाख रुपैयाँ संचित छ ।

एक लाख ३८ हजार ३६८ वटा बीमा लेख जारी गरेको कम्पनीले यस अवधि सम्ममा ९७ करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीमा नविकरण गरिएको बीमालेख संख्या १८ हजार ५३२ छ ।

समीक्षा अवधिमा कम्पनीले २ हजार ३३ वटा दाबी वापत ४२ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार २८१ वटा दाबी वापत ३२ करोड ८८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ९६ पैसा, प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात १८.३४ गुणा बढी छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।