राष्ट्रिय बीमा संस्थानले ३ अर्ब बढी बीमा कोषमा सार्दा खुद नाफा घट्यो

Feb 14, 2019 Merolagani

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान (RBS) ले एकीकृत आय व्ययबाट प्राप्त बचत जीबन बीमा कोषको आकारलाई ठूलो बनाउन उपयोग गर्दा कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफामा गिरावट आएको छ।

यस अवधिमा कम्पनीले एकीकृत आय व्ययबाट कुनै रकम नाफा नोक्सान हिसाबमा नराख्दा कम्पनीको खुद नाफा गत आवको यसै अवधिको तुलनामा ४० लाख ५९ हजार घटेर ८२ लाख ९३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ।  

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट एक कराेड ८५ लाख आम्दानी गरि ९६ लाख ३२ हजार रूपैयाँ व्यवस्थापन खर्च र ६ लाख ६३ हजार कर्मचारी बाेनसमा उपयाेग गर्दा साे नाफा कमाएकाे हाे। गत आवको यसै अवधिमा भने कम्पनीले एक करोड २३ लाख ५२ हजार खुद नाफा गरेकाे थियो। ठूलो रकम जीवन बीमा कोषमा सारेपछि कम्पनीकाे खुद नाफा घटेको वित्तीय विवरण सार्वनजिक गरेको छ। 

जीवन बीमा कम्पनीहरुको प्रथम त्रैमासको बीमाङ्कीय मुल्याङ्कन नभई अपरिस्कृत वित्तीय विवरणको आधारमा मात्र प्रति शेयर आम्दानी र समग्र अवस्था भने झल्कन सक्दैन ।

जीवन बीमा कोष १९ अर्ब २० करोडकाे बन्याे

संस्थानले आम्दानीको ३ अर्ब ३४ करोड रुपैयाँ जीवन बीमा कोषमा सारेर गत पुसमा रहेको १४ अर्ब ४९ करोड ७० लाखको जीवन बीमा कोष १९ अर्ब २० करोड ६४ लाख रुपैयाँ पुर्याएको छ।

संस्थानले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब ४० करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिमा २ अर्ब ८१ करोड ५ लाख रुपैयाँले बढी हो । गत वर्ष एक अर्ब ५९ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यसअघि नागरिक लगानी कोषले गर्दै आएको राष्ट्र सेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा कम्पनीमा हस्तान्तरण भएकोले खुद बीमा शुल्क उल्लेख्य बढेको हो । कम्पनीले राष्ट्र सेवक कर्मचारीहरुबाट २ अर्ब ६७ करोड ३० लाख बीमा शुल्क संकलन गरेको जनाएको छ । 

यस अवधिमा संस्थानले लगानी कर्जा तथा अन्य आयबाट ७२ करोड ४९ लाख रुपैयाँ, यस्तै एक अर्ब २८ करोड ९६ लाख बीमालेखको धितोमा कर्जा प्रवाह गरि कम्पनीले ४ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

१८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको संस्थानले जगेडा कोषमा १८ करोड २४ लाख रुपैयाँ राखेको छ । समीक्षा अवधिमा कम्पनीले जगेडा कोष २ करोड बढाएको हो ।

संस्थानले यस अवधिमा एक अर्ब ५१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । 

यस कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १६ पैसा कायम भएको छ। राष्ट्रिय बीमा कम्पनी र संस्थान छट्टिएपछि नेपाल स्टक एक्सचेञ्जमा राष्ट्रिय बीमा कम्पनीको मात्र शेयर कारोबार हुने गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।