युनिभर्सल पावरको आईपिओमा कति पर्यो आवेदन ?

Feb 14, 2019 Merolagani

युनिभर्सल पावर कम्पनी (UPCL) को साधारण शेयर (आईपिओ) मा फागुन १ गते बुधबारसम्म साढे ८२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ। कम्पनीले माघ २५ गतेदेखि ८६ करोड ७४ लाख रुपैयाँको आईपिओ निष्काशन गरेको थियो।

हाईड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबारसम्ममा साढे ८२ करोडरुपैयाँ बराबरको आवेदन परेको छ । करिब ९३ हजार ३०० जना आवेदकबाट सो बराबरको शेयर माग भएको हो । 

कम्पनीको शेयर अब ४ करोड रुपैयाँ बराबरको बिक्री हुन बाँकी रहेको छ । बिहीबार सो शेयर बिक्री भएको खण्डमा बिक्री प्रबन्धकले शुक्रबार सार्वजनिक सूचना गरेर शेयर निष्काशन बन्द गर्नेछ ।

इच्छुक लगानीकर्ताले कम्पनीको आईपिओमा न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्म मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति सदस्यता लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि-आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। युनिभर्सलको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ्ग दिएको छ ।

युनिभर्सल पावरले माघ २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुबाट अवितरित १७ लाख ६६ हजार १५० कित्ता समेत कूल ९३ लाख २७ हजार ४१० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । जसमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता आइपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।

दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको कम्पनीको ८० प्रतिशत बढी निमार्ण कार्य सम्पन्न भईसकेको छ ।

कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ । आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ६० लाख रुपैयाँका दरले २ अर्ब ४ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ र जारी पूँजी दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ छ । कम्पनीले आगामी आर्थिक वर्षमा १९ करोड ५३ लाख र आव २०७७/७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।