कञ्चनपुरमा अवैध १८ किलो सुन भेटियाे, २ जना पक्राउ

Feb 14, 2019 Merolagani

कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बेर अगाडि बरामद गरेको छ । 

बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँवेर कडायत जानकारी दिए ।

सुनसँगै दुइ जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेकाे नाम ठेगाना भने प्रहरीले सार्वजनिक गरेकाे छैन । 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।