सानिमा लाईफ र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता

Feb 15, 2019 Merolagani

सानीमा लाइफ इन्स्योरेन्स र सिभिल बैंक बीच फागुन १ गते बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरेका छन्।

इन्स्योरेन्सले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले बैंकसँग सम्झौता गरेको जनाएको छ ।

यससँगै अब सानीमा लाईफका जीवन बीमा सेवालाई बिना झञ्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत ग्राहकलाई उपलब्ध हुनेछ। यसले बैंक ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए।

सिभिल बैंकले यसअघि पनि जीवन बीमा कम्पनीहरु तथा निर्जीवन बीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन बीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।