'एउटा शर्तमा ऋण दिएर आफू खुशी ब्याज बढाउँदै लैजाने बैंकहरुको तरिका उपयुक्त होइन' -प्रधानमन्त्री ओली

Feb 17, 2019 Merolagani

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुको ब्याजदर नियमन गर्न अर्थमन्त्री र गर्भनरलाई निर्देशन दिएका छन्। शनिबार नेपाल उद्योग वाणिज्य महासंघका व्यवसायीसंग भएको छलफल पछि प्रधानमन्त्री ओलीलले यस्तो निर्देशन दिएका हुन् ।

महासंघको टोलीले बैंक तथा वितीय संस्थाद्वारा घोषित चर्को ब्याजदरका कारण निजी क्षेत्रलाई समस्या परेको प्रधानमन्त्रीसंग गुनासो गरेका थिए । व्यवसायीको गुनासो पछि प्रधानमन्त्री ओलीले बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफू खुशी ब्याज बढाउदै लैजाने कुरा उपयुक्त नहुने भन्दै सरकारले नियमन गर्ने बताए ।

उनले बैंकहरु उत्पादनमुलक, रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी बढाउनु पर्ने र त्यस्ता क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले कृषि क्षेत्रमा लगानी बढाउन बैंकहरुलाई आग्रह गर्दै उक्त क्षेत्रमा सबभन्दा कम ब्याज उठाउन आग्रह पनि गरे । बिलासिताका वस्तुमा लगानी कम गर्न र ब्याज बढी लिन पनि ओलीले बैंकहरुलाई सुझाब दिएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने र खुला प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।