कृषि विकास बैंकले घटायो कर्जाको ब्याजदर

Feb 17, 2019 Merolagani

कृषि विकास बैंक(ADBL) ले कर्जाको व्याज दर घटाएको छ । बैंकले लिई आएको साविक कर्जाको व्याजदरमा एक प्रतिशत घटाएको हो । साथै बैंकले निक्षेपको ब्याज समेत बढाएको छ ।

बैंकले फागुन एक गतेदेखि नै लागू हुनेगरी साविक कर्जाको व्याजदरमा एक प्रतिशतले घटाएको हो । त्यसै गरी निक्षेपको व्याजदरमा निक्षेप कर्ताहरु लाभान्वित हुने गरी साविकको व्याजदरमा १.५ प्रतिशत थप हुने गरी बृद्धि गरेको बैंकले जनाएको छ ।

बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी ब्याजदर परिमार्जन गरिएको बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।