धितोपत्र बोर्डले माउन्टेन हाइड्रोलाई दियो १८ करोडको शेयर निष्काशन अनुमति

Feb 17, 2019 Merolagani

नेपाल धितोपत्र बोर्डले माउन्टेन हाईड्रो नेपाललाई १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर आईपिओ निष्काशन गर्न अनुमति दिएको छ। 

आयोजना प्रभावित बासिन्दाका लागि यसअघि नै शेयर निष्काशन गरेको कम्पनीले सर्वसाधारणमा शेयर निष्काशनगर्न बोर्डको स्वीकृति पाएको हो । 

क्रेडिट रेटिङ्ग चार पाएको हाइड्रोलाई स्थानीयले नकिनेको समेतको शेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति दिएको हो ।

आयोजना प्रभावितका लागि निष्काशन गरेको मध्ये ५ लाख ६६ हजार ११० कित्ता शेयर बिक्री भएको थिएन । हाइड्रोले गत असार २२ गते देखि आयोजना प्रभावित स्थानीकोलागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो ।

पाँथरको फिदिममा रहेको २१.६ मेगावाटको आयोजनामा हेवा र फेमे खोलाको पानी प्रयाग गरिएको छ । आयोजना बनाउन करिब चार अर्ब रुपैयाँ लाग्ने बताइएको छ । यस आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ३० लाख रुपैयाँ रहेको छ । २०७१ मा हाईड्रोपावर र विद्युत प्राधिकरणबिच विद्युत्त खरिद सम्झौता भइसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।