भारतले डेढ अर्ब डलरको अमेरिकी तेल किन्ने

Feb 19, 2019 Merolagani

भारतको सबैभन्दा ठूलो तेल प्रशोधक कम्पनी इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले आगामी आर्थिक वर्षमा अमेरिकाबाट डेढ अर्ब डलरको ३० लाख टन कच्चा तेल खरिदका लागि सम्झौता गरेको छ । कम्पनीले सोमबार उक्त सम्झौता गरेको हो ।

सन् २०१७ बाट अमेरिकी कच्चा तेल आयात सुरु गरेसँगै यो पहिलोपटक कुनै भारतीय प्रशोधन कम्पनीले बार्षिक सम्झौतामा हस्ताक्षर गरेको हो ।

कम्पनीले आफ्नो बयानमा भनेको छ, इन्डियन आयलले अमेरिकी ग्रेडको ३० लाख टन कच्च तेल आयातका लागि निर्धारित समयावधिलाई अन्तिम रुप दिएको छ । यो उसको कच्चा तेल आपूर्तिको स्रोतमा विविधता ल्याउने रणनीति अनुरुप रहेको छ ।

कम्पनीले सन् २०२० को मार्चसम्म प्रतिदिन ६० हजार ब्यारेल तेल आयातका लागि १ अर्ब ५० करोड डलरको सम्झौता गरेको हो ।

 

यो सम्झौताले आगामी दिनमा अमेरिका र भारतको व्यापार विस्तारका लागि पनि सहयोग पुग्ने उनको अपेक्षा छ । यसअघि भारतीय तेल प्रशोधकले अमेरिकी तेल खरीदका लागि कुनै सम्झौता गरेका थिएनन् । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।