शिवम् सिमेन्टको आईपिओमा २८ करोड ७१ लाखको आवेदन, युनिर्भसल पावरको के हुँदैछ ?

Feb 19, 2019 Merolagani

शिवम् सिमेन्टले फागुन ६ देखि प्रिमियम मूल्यमा निष्काशन गरेको साधारण शेयरमा २८ करोड ७१ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार बिहानसम्ममा ७ हजार ७९२ आवेदनबाट ९ लाख ५७ हजार २३० कित्ता शेयर माग भएको हो।

आईपिओमा सर्वसाधारण तथा मकवानपुरबासीले कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताको हकमा मकवानपुरबासीले ५ लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्न सक्नेछन् । 

इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर मार्फत आईपिओमा आवेदन गर्न सक्नेछन् भने यसका अलवा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्य अनुमित प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सबै शाखा कार्यालय मार्फत सि आश्वा प्रणाली मार्फत ७७ जिल्लाबाटै निवेदन दिन सकिने व्यवस्था छ।

आयोजना प्रभावितले भने मकवानपुरबासी रहेको यकिन हुने नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रका आधारमा सि आश्वा प्रणाली मार्फत निवेदन गर्न सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

शिवमले यसअघि तोकेको प्रिमियम घटाएर सर्वसाधारण र स्थानीयका लागि आईपिओ निष्काशन खुला गरेको हो।

सर्वसाधारणका लागि अंकित मूल्य एक सय रुपैयाँमा २०० प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँका दरले ४१ लाख २० हजार कित्ता र मकवानपुरबासीका लागि अंकित मूल्य एक सय रुपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपिओ आवश्यक माग परेमा छिटोमा फागुन ९ गते नै निष्काशन बन्द हुनेछ भने निष्काशित कित्ताको आवेदन नपरेको खण्डमा अन्तिम म्याद चैत ५ गतेसम्म खुला रहनेछ ।

इक्रा नेपाल लिमिटेडले कम्पनीको शेयरलाई क्रेडिट रेटिङ्ग ग्रेड ३ प्लस प्रदान गरेको छ ।जसले कम्पनीको वित्तीय अवस्था औसत रहेको जनाउँछ। शिवम् सिमेन्टको आईपिओमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सिबिआईएल क्यापिटल लिमिटेडले शेयर प्रत्याभूति गरेका छन्।

युनिभर्सल पावर कम्पनीको आईपिओ सबै बिक्यो, बुधबार बन्द हुने

यसैगरि युनिभर्सल पावर कम्पनीको आईपिओमा सबै बिक्री भएको छ। हाइड्रोपावरको आईपिओमा मंगलबार बिहानसम्ममा एक लाख एक हजार ९६ वटा आवेदकले ८८ लाख ८९ हजार ६२० कित्ताका लागि माग गरेका छन् ।

सबै शेयर बिक्री भएकाले बिक्री प्रबन्धकले बुधबार कम्पनीको शेयर निष्काशन बन्द गर्ने तयारी गरेकाे जनाएको छ ।

इच्छुक लगानीकर्ताले कम्पनीको आईपिओमा न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्म मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति सदस्यता लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि–आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

युनिभर्सलको आईपिओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ्ग दिएको छ। जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझिन्छ ।

युनिभर्सल पावरले माघ २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुबाट अवितरित १७ लाख ६६ हजार १५० कित्ता समेत कूल ९३ लाख २७ हजार ४१० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

जसमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको हो।

कम्पनीकाे शेयर चार दिनमा बिक्री नभएपछि समय लम्बिएकाे थियाे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।