ब्रोकर लाइसेन्स वितरणमा क्वालीटी भन्दा क्वान्टीटीमा जोड दिईयो : रानाभाट

Feb 19, 2019 Merolagani

स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष भरत रानाभाटले धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरणमा क्वालीटी भन्दा क्वान्टीटीमा जोड दिएको आरोप लगाएका छन्। साथै उनले बैंकलाई ब्रोकर लाइसेन्स दिनु बैंक र पूँजी बजार दुबैका लागि घातक भएको समेत बताए।

मंगलबार संसदको अर्थ समितिमा भएको पूँजी बजार सम्बन्धी छलफलमा अध्यक्ष रानाभाटले बैंक र ब्यापारीलाई छुट्याउने चर्चा चलिरहदा बैंकलाई नै ब्रोकर लाइसेन्स थमाउँदा इन्साइडर ट्रेडिङ्गको खतरा हुने बताए । 

'बैंकलाई ब्रोकर लाइसेन्स दिदा हाम्रो कुनै आपत्ति छैन् । तर यसले शेयरबजारमा सुधार आउँदैन, ब्रोकर बढ्दैमा बजार बढ्दैन ।' उनले भने ।

साथै उनले स्टक ब्रोकरहरु देशभरका २६५ स्थानमा शाखा विस्तार गर्न तयार रहेपनि बोर्डले अनुमति नदिएको गुनासो गरे। 'हामीले शाखा विस्तार गर्न खोज्दा अनुमति दिइँदैन। तर नयाँ लाइसेन्स वितरण गर्न खोजिन्छ, यस्तो किन ?  बैंकलाई लाइनसेन्स दिँदा २८ वटा ब्रोकर थपिने हो। ब्रोकर थपिँदैमा बजार विस्तार नहुने उनको तर्क छ। शाखा खोल्ने मोडालिटीमा कुनै समस्या छ भने सुधार गरेर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

शेयर बजारका लगानीकर्ताको मनोबल कमजोर रहेको अवस्थामा शेयर कारोबारमा प्यान अनिवार्य गर्ने बिषय ल्याएर बोर्डले नै लगानीकर्ता तर्साउन खोजेको उनको आरोप छ। बजार अध्ययन गरेर मात्र प्यान कार्यान्वयन गर्न उनले सुझाए ।

साथै उनले बजारको संस्थागत विकासका लागि बण्ड मार्केटको विकास गर्नुपर्नेमा जोड दिए। शेयर बजार घट्दा सरकार लगानीकर्ता ब्रोकर सबैलाई घाटा हुने हुँदा बजार सुधारका काममा सहकार्य गर्दे अगाडि बढ्नुपर्छ। अध्यक्ष रानाभाटले भने ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।