ब्रिटिश सांसदले फेसबुकलाई भने ‘डिजिटल ग्याङ्गस्टर ’

Feb 19, 2019 Merolagani

ब्रिटिश सांसदले फेसबुकलाई डिजिटल ग्याङ्गस्टर भएको आरोप लगाएका छन्। सांसदले सोमबार जारी गरेको एक रिपोर्टमा फेसबुकले व्रिटिशमा जानीजानी तथ्याङ्कसँग सम्बन्धित गोपनियता सम्बन्धि नियम र प्रतिस्पर्धा विरोधी कानुनको उल्लङ्घन गरेको आरोप लगाएका छन्।

सोसल मिडियामा ‘फर्जी खबर र भ्रामक जानकारी’ सँग सम्बन्धित उक्त रिपोर्ट १८ महिनाको जाँच परीक्षणपछि तयार गरिएको हो ।

रिपोर्टमा सोशल मिडिया कम्पनीमाथि अझै धेरै निगरानी बनाइराख्नका लागि अपिल गर्दै व्रिटिश सांसदले कम्पनीलाई डिजिटल ग्याङ्गस्टरको संज्ञा दिएको छ ।

रिपोर्ट तयार गर्ने संसदीय समितिका अनुसार, सोशल मिडिया वेभसाइटलाई अनिवार्य रुपमा न केबल आचारसंहिताको पालना गराउनुपर्नेछ, बरु हानिकारक वा अवैध सामग्रीलाई उत्कृष्ट ढंगले नियन्त्रित गर्नका लागि एक स्वतन्त्र नियामकद्धारा यसको निगरानी गर्न पनि जरुरी रहेको छ ।

उक्त रिपोर्टमा फेसबुक कम्पनीका लागि विशेषगरी भनिएको छ, यस्तो लाग्छ कि, साइटको संरचना नै विशिष्ट निर्णयका लागि ज्ञान वा जिम्मेदारीलाई लुकाउन सकियोस् भन्ने दृष्टिकोणका साथ डिजाइन गरिएको छ ।

यसमा फेसबुकले जानीजानी तथ्यांकको गोपनियता (डेटा प्राइभेसी) र प्रतिस्पर्धा विरोधी सम्बन्धि कानुनको उल्लघंन गरेको स्पष्ट भएको बताइएको छ । संसदको मिडिया समितिले उक्त रिपोर्टमा फेसबुकका प्रमुख मार्क जुकरबर्गमाथि अपमानको आरोप पनि लगाएको छ ।

सांसदले भने, जुकरबर्गलाई कयौँ पटक समिति समक्ष पेश हुनका लागि भनिएको छ तर उनी आएनन र यहाँसम्म कि, फेसबुकले यस सम्बन्धि पठाइएको ई–मेलको समेत कुनै पनि जवाफ दिएको छैन ।

एजेन्सीकाे सहयाेगमा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।