अक्सन मार्केट: दुई कम्पनीको दुई लाख ५० हजार कित्तामा लिलामी खुल्दै

Feb 22, 2019 Merolagani

शेयर बजार घटिरहेको बेला लगानीकर्तामा प्रथामिक बजार जस्तै अक्सन मार्केटबाट सस्तो मूल्यमा नै शेयर उठाउने मौका प्राप्त हुने भएको छ। रिलायन्स फाइनान्स र नाडेप लघुवित्तको गरि २ लाख ५० हजार ११० दशमलव ५२ कित्ता शेयर लिलामीमा आउने भएको हाे।

रिलायन्सले यसअघिको बोलकबोलबाट बिक्री गरी बाँकी रहेको संस्थापक समूहको एक लाख ८८ हजार ८७४.५२ कित्ता र नाडेप लघुवित्तको हकप्रदमा अवितरित सर्वसाधारण समुहको ६१ हजार २३६ कित्ता शेयर लिलामीमा आउने भएको हो।

रिलायन्स फाइनान्सको संस्थापक मात्र

रिलायन्स फाइनान्स यस अघि नविकेको संस्थापक शेयर फेरि लिलामीमा ल्याउने भएको छ । फाइनान्सले फागुन १७ गते देखि १ लाख ८८ हजार ८७४.५२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउने भएको हो। यसअघि खुला गरेको लिलामीमा विक्री नभएपछि फाइनान्सले फेरि सर्वसाधारणले समेत आवेदन गर्न पाउनेगरी लिलामीमा ल्याएको हो।

संस्थापक शेयर लिलामीमा बोलपत्र पेश गर्न इच्छुक व्यक्ति वा संस्थाहरुले फाइनान्सको बिक्री प्रबन्धक सनराइज क्यपिटल कमलपोखरी तथा रिलायन्सका महेन्द्रपुल पोखरा, नारायणढ चितवन, बनेपा काभ्रे, चारआली, झापामा बुझाउन सक्नेछन्।

त्यस्तै सनराइज बैंकको बीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीका शाखा कार्यालयहरुबाट ०७५ चैत १ गते सम्म शिलबन्दी बोलपत्र बुझाउन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको लिलामी शेयरमा न्यून्नतम प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी न्यूनतम एक हजार कित्ताको लागि आवेदन गर्नुपर्दछ ।

रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ।

चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी दुई रुपैयाँ ६ पैसाले ऋणात्मक रहेको छ । जगेडा कोषमा एक करोड ५१ लाख वृद्धि गरेर उसले २२ करोड ७ लाख रुपैयाँ सञ्चित गरेको छ । फाइनानसको प्रति शेयर नेटवर्थ १३० रुपैयाँ ६८ पैसा छ।

फाइनान्सको शेयर अन्तिम पटक प्रतिकित्ता ११० रूपैयाँमा काराेबार भएकाे छ भने साधारण शेयर फागुन ९ गते दोस्रो बजारमा फाइनान्सको शेयर प्रतिकित्ता ११७ रुपैयाँ हराहरीमा कारोबार भैरहेको छ ।

नाडेपको ६१ हजार २३६ कित्ता लिलामीमा

नोडप लघुवित्तले सर्वसाधारण समुहको अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । यस अघि चुक्ता पूँजीको शतप्रतिशत अर्थात १६ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा ६१ हजार २३६ कित्ता अवितरित हकप्रद लिलामीमा ल्याएको हो ।

लघुवित्तको लिलामी शेयरमा फागुन १९ गते देखि बोलपत्र बुझाउन सकिने छ। प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सकिने व्यवस्था छ । बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्या वा अधिकत्तम सबै लिलामी शेयरमा आवेदन गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नक्साल काठमाडौं, नाडेप लघुवित्तको इलाका कार्यालयहरु विराटनगर, पोखरा र बुटवलमा आवेदन पेश गर्न सकिन्छ । यस्तै नबिल बैंकको शाखा कार्यालयहरु आर्दशनगर वीरगञ्ज, विरेन्द्रनगर सुर्खेत, नेपालगञ्ज र मेनरोड धनगढीबाट फागुन २८ गते सम्ममा बोलपत्र पेश गर्न सकिनेछ ।

हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुगेको छ। फागुन ९ गते लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ७३० रुपैयाँ बरीपरी कारोबार भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।