नियामकले ब्रोकरको स्वार्थ हेर्दै बस्ने कि समग्र पूँजी बजारको हित हेर्ने ? - बोर्ड अध्यक्ष कार्की

Feb 24, 2019 Merolagani

- सुधा देवकोटा
धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले समग्र पूँजी बजारको हितको लागि ब्रोकर कम्पनीहरुको मात्र स्वार्थ हेर्न नसकिने बताएका छन् । ब्रोकरलाई फाइदा हुन्छ भन्दैमा बैंकको सहायक कम्पनी र संघिय संरचना अनुसार स्थानीयका लागि ब्रोकेज सेवा रोक्न नमिल्ने अध्यक्ष कार्कीले बताएका हुन ।

मेरो लगानीसँग कुरा गर्दै बोर्ड अध्यक्ष कार्कीले बजार बिस्तारका लागि सबै किसिमका उपकरणको समानान्तर प्रयोगलाई व्यवहारमा उतार्ने बताएका हुन् । कुनै एक पक्ष, व्यक्ति वा प्रतिष्ठानको स्वार्थमा बजार विकासका निर्णय नगरिने कार्कीले प्रष्ट पारेका हुन् ।

‘समग्र पूँजी बजारको विकासको लागि धितोपत्र बोर्डले काम गर्ने हो । पूर्वाधार पुर्याएर शाखा बिस्तारको माग गर्न आउने ब्रोकर कम्पनीलाई अनुमति दिएकै छौँ । अनि अहिले बखेडा गरेर त हुन्न नि ।’ बोर्ड अध्यक्ष कार्कीले भने ।

उनले भने ‘प्राथमिक बजारको पहुच ७७ वटै जिल्लामा पुगेको छ । कुरा दोस्रो बजारको हो । दोस्रो बजारमा धेरै पूँजीको आवश्यकता पर्दछ । त्यसैले आर्थिक रुपमा सबल र सम्भावित क्षेत्रमा नीतिले व्यवस्था गरे बमोजिम पूर्वाधार तयार गरेर आउने ब्रोकरलाई बोर्डले रोकेको छैन । तर दुई करोड रुपैयाँ पूँजी भएको ब्रोकरले देशैभर सेवा विस्तार गर्न नसक्ने कुरामा म प्रष्ट छु ।’

अर्थसमितिको बैठकमा शेयर दलालहरुलाई असक्षम भनियो भनेर गरिएको व्याख्या गलत भएको कार्कीले बताए । ‘शेयर दलालको तुलनामा बैंकहरुको क्षमता धेरै हुने भएकाले काम गर्न तथा गराउन सजिलो हुने भनेर मैले समितिमा बोलेको कुरालाई तोडमोड गरिएको हो ।’ कार्कीले भने ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।