अस्ताए पहिलो विकेन्द्रिकृत बजेटका शुत्रधार अर्थमन्त्री

Mar 03, 2019 Merolagani

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । लामो समय देखि श्वास-प्रश्वासको समस्याले पिडित अधिकारीको ८२ वर्षको उमेरमा शनिवार राति काठमाडौंमा निधन भएको हो ।

तत्कालिन नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफँै बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याएर जनताको मन जितेका थिए ।

चार पटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए । अर्थमन्त्री भएका बेला अधिकारीले पूँजीगत लाभ करलाई कम गराई पूँजी बजारमा स्थायीत्व कायम गरेका थिए । उनले पूँजीगत लाभ कर संस्थागत १५ प्रतिशत बाट १० प्रतिशत र व्यक्तिगतमा १० प्रतिशत बाट ५ प्रतिशतमा झारेका थिए ।

हाल नेकपाको चुनावी मुल नाराको रुपमा स्थापित भएको वृद्ध भत्ता अधिकारीले नै सुवात गरेका थिए । अधिकारीले सामाजिक सुरक्षा भत्ताका रुपमा ७५ वर्ष पुगेका वृद्धलागि मासिक एक सय रुपैयाँ भत्ता वितरणको सुरुवात गरेका थिए । हाल यसको दायरा विस्तार हुदै फराकिलो भएको छ ।

नेपालको १८ औं अर्थमन्त्रीको रुपमा अधिकारीले पहिलो विकेन्द्रिकृत बजेट ल्याएका थिए । जसले गर्दा गाउँ विकास समिति, नगरपालिका, उपमहानगरपालिका र महनागरपालिकाले विकास निर्माणको लागि सिधै बजेट निष्काशन भयो ।

दिवगंत नेता अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म राखिएकाे थियाे । श्रद्धाञ्जलि कार्यक्रममा पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अधिकारीको पार्थिव शरिरमा पार्टीको झण्डा ओडाएका थिए । दिवङ्गत अधिकारीको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिएकाे  छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।