बुटवल पावरले बुधबारदेखि नगद लाभांश वितरण गर्दै, बोनस कहिले ?

Mar 06, 2019 Merolagani

बुटवल पावर कम्पनी (BPCL) ले गत आर्थिक वर्षको नाफाबाटबाट शेयरधनीलाई वितरण गरेको १८ प्रतिशत नगद लाभांश फागुन २२ गते बुधबारदेखि वितरण थालेको छ। कम्पनीले शेयर दाखिल खारेज गरेको दिन पुस ६ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण गर्न लागेको जनाएको हाे।

यस्तै सो मितिभन्दा पछाडि डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई पनि क्रमश लाभांश वितरण गर्दै जाने कम्पनीले स्पष्ट पारेको छ । 

यस्तै साधारण सभाबाट पारित भएको दश प्रतिशत बोनस शेयर भने नेप्सेमा कारोबारका लागि सूचीकरण भएपश्चात शेयरधनीकै हितग्राही (डिम्याट) खातामा वितरण गर्ने जनाएको छ । साथै कम्पनीले हालसम्म पनि कागजी शेयर प्रमाणपत्र धारण गरेका शेयरधनीलाई शेयर डिम्याट गर्न र हितग्राही खातामा बैंक खाता अद्यवाधिक गराउन बाँकी शेयरधनीलाई बैंक खाता अद्यवाधिक गर्न सूचित गरेको छ ।

गत पुस २७ गते सम्पन्न कम्पनीको २६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४।७५को मुनाफाबाट शेयरधनीलाई १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरि कूल २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

 

पाँच वर्षअघिको लाभांश संकलन नगरे लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने

यसैगरि बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०६९/७० वा सो भन्दा अघिल्ला वर्षहरुमा वितरण गरेको लाभांश लिन बाँकी शेयरधनीलाई चैत २२ गतेसम्म लाभांश बुझ्न भनेको छ। शेयरधनीले उक्त्त लाभांश हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल नागपोखरी नक्सालमा सम्पर्क गरि लिन सक्नेछन्।

सो मितिसम्म संकलन नगरे कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा ९ मा भएको व्यवस्था बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने र तत्पश्चात कम्पनीसँग लाभांश रकम नरहने जनाएको छ।

कम्पनी ऐनको दफा १८३ मा कुनैपनि कम्पनीको साधारण सभाले पारित गरेको लाभांश पाँच वर्षसम्म लगानीकर्ताले संकलन गरि नबुझेमा सो लाभांश कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने उल्लेख छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।