पुर्वाधार विकास बैंक वित्तीय क्षेत्रका लागि कोशेढुङ्गा - गर्भनर

Mar 06, 2019 Merolagani

राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले लामो समयको प्रतिक्षापछि खुलेको पुर्वाधार विकास बैंक  वित्तीय क्षेत्रमा कोसे ढुङ्गा बन्न सक्ने बताएका छन्। गर्भनर नेपालले मुलुकमा पुर्वाधार निर्माणको अत्यन्त आवश्यकता रहेको बेला सोही उद्देश्यका लागि खोलिएको यस बैंकले मुलुकको प्रगतिमा सहयोग गर्छ भन्ने विश्वास राष्ट्र बैंकले लिएको बताए।

पुर्वाधार विकास बैंकले शुरूमा मुलुकभित्रकै पूँजीको उपयोग गरिरहेको भएपनि भविष्यमा विदेशी पूँजी ल्याउन राष्ट्र बैंकले वातावरण बनाइ दिएको बताए। 

गर्भनरले भने, उद्घाटन कै दिनमा बैंकका बिषयमा धेरै नबौलौं, आगामी दिनमा बैकका गतिविधि र काम कारवाही हेरेर बोलौंला, नियमन हामीले नै गर्ने हाे।

तेश्रो वर्षसम्म लगातार आर्थिक वृद्धिदर कायम भइरहेको अवस्थामा आगामी दिनमा यस बैंकको सञ्चालनबाट अझ प्रगति हुने विश्वास ब्यक्त गर्दै गर्भनरले सबै लगानीकर्तालाई शुभकामना दिए।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।