माउन्टेन हाइड्रोको १७ लाख ३९ हजार कित्ता आईपिओमा आवेदन खुल्यो

Mar 07, 2019 Merolagani

माउन्टेन हाईड्रो नेपाल लिमिटेड (MTHNL) ले फागुन २३ गते (आज) देखि साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ। कम्पनीले कूल १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गरेको हो।जसमध्ये १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको १२ लाख ५० हजार कित्ता र आयोजना प्रभावित बासिन्दाका लागि यसअघि जारी गरेर अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गरेको हो । 

निष्काशन गरिएको कूल शेयरमध्ये दुई प्रतिशत बराबरको ३६ हजार ३२२ कित्ता कर्मचारीहरु र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । बाँकी १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

हाइड्रोले गत असार २२ गते देखि आयोजना प्रभावित स्थानीको लागि निष्काशन गरेको १२ लाख ५० हजार कित्ता आईपिओमध्ये ५ लाख ६६ हजार ११० कित्ता शेयर बिक्री भएको थिएन ।

५० कित्तादेखि ८० हजार कित्तासम्म आवेदन दिनसक्ने

माउन्टेन हाईड्रो नेपालको आइपिओमा इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि ८० हजार कित्ता अर्थात ८० लाख रुपैयाँसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

माउन्टेन हाईड्रोको आईपिओले इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग इक्रा एनपि आईपिओ ४ पाएको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ ।

आईपिओको बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटल नक्साल रहेको छ । लगानीकर्ताले सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्।

यस आईपिओ छिटोमा फागुन २८ गते बन्द हुनेछ भने यस अवधिमा माग अनुसार आवेदन नपरेमा भने चैत २२ गतेसम्म आवेदन खुला रहनेछ । 

कस्तो छ कम्पनी ?

माउन्टेन हाईड्रो नेपालले पाँथरको फिदिममा रहेको २१.६ मेगावाटको आयोजना निमार्ण गरेको छ । विद्युत उत्पादका लागि हेवा र फेमे खोलाको पानी प्रयोग गरिएको छ । विद्युत विकास विभागबाट वि.सं. २०७० असार ४ गते विद्युत उत्पादन अनुमति पाएको यस माउन्टेन हाईड्रो नेपाल लिमिटेडको वि.स.२१०५ असार ८ गतेसम्म अनुमति बहाल रहनेछ ।

आयोजना बनाउन करिब चार अर्ब २८ करोड २७ लाख ६ हजार ८३१ रुपैयाँ लाग्ने बताइएको छ । यस आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८२ लाख २७ हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७१ मा हाईड्रोपावर र विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्झौता भइसकेको छ। आयोजनामा गरिएको लगानी फिर्ता हुन ८.२७ वर्ष अवधि लाग्ने अनुमान कम्पनीको छ । यस्तै डिस्काउन्टमा लगानी फिर्ता हुन १०.७२ वर्ष लाग्ने कम्पनीको प्रक्षेपण रहेको छ ।

कम्पनीको विवरणपत्र अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले प्रतिशेयर ६ रुपैयाँ १४ पैसा नोक्सानी व्यहोर्ने उल्लेख छ। आर्थिक वर्ष २०७६/७७ मा २ रुपैयाँ २८ पैसा र ०७७/७८ मा ३ रुपैयाँ ६३ पैसा वार्षिक प्रतिशेयर आम्दानी गर्ने कम्पनीको प्रक्षेपण छ ।

आईपिओ जारी गरेपछि माउन्टेनको चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।