सांसदहरुले भने 'विदेशी लगानी भित्र्याउँदा स्वदेशी उद्योग सङ्कटमा नपरुन्'

Mar 07, 2019 Merolagani

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रस्ताव गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित भएकाे छ ।

बहुमतले पारित गरेको उक्त विधेयक अघि भएको दफादार छलफलमा सांसदहरुले विदेशी लगानी भित्र्याउँदा नेपाली उद्योग धरासायी बनाउनु नहुनेमा सरकारको ध्यानाकर्षण गराए ।

विधेयकमाथि धारणा राख्दै सांसदहरुले राष्ट्रिय हितलाई ध्यानमा राखेर विदेशी लगानी भित्र्याउनु पर्नेमा जोडदिए । सांसद देवप्रसाद गुरुङले राष्ट्रिय पूँजी निर्माण हुने र राष्ट्रिय हितअनुकूलका विदेशी लगानी मात्र भित्र्याउनुपर्ने जोड दिँदै घरेलु उद्योग, कृषि, सुरक्षण मुद्रण, हस्तकलालगायत क्षेत्रमा विदेशी लगानी भित्र्याउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद भीमबहादुर रावलले विधेयकका सैद्धान्तिक पक्षमा सरकार संवेदनशील बन्नुपर्ने धारणा राखे । रावलले राष्ट्रको सर्वोपरि हितका लागि विदेशी लगानी भित्र्याउने उद्देश्य भए पनि राष्ट्रिय हित तथा सुरक्षा, मौलिक उत्पादन र सीपलाई ख्याल राख्नुपर्नेमा जोड दिए ।

माथिल्लो कर्णाली आयोजनाको दुई दुई पल्ट म्याद थप हुँदासम्म काम सम्पन्न हुन नसकेको उदाहरण प्रस्तुत गर्दै उनले वैदशिक लगानी भित्र्याउने नाउँमा आयोजना सम्पन्न हुने समयावधि तोकिनुपर्ने बताए ।

विदेशी लगानीमा स्थापना हुने उद्योगमा काम गर्न आउने विदेशी श्रमिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिँदै उरावलले राष्ट्रिय हितमा हुने लगानी मात्रै भित्र्याउनु पर्ने प्रस्ट पारे ।

सांसद सोमप्रसाद पाण्डेयले उद्योगलाई प्रोत्साहन र बढावा दिन सरकार लाग्नुपर्नेमा जोड दिँदै विदेशी लगानी भित्र्याउँदा मुलुकका उद्योगी र उत्पादन सङ्कटमा पर्नसक्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले कृषिजन्य उद्योगमा विदेशी लगानी भित्र्याउन नहुने सुझाव पनि दिए ।

सांसद कृष्णभक्त पोखरेलले विधेयकले विदेशी पूँजी, प्रविधि र लगानीलाई भित्र्याउन सामरिक योजना प्रस्तुत गरेको बताए । केही कृषिजन्य उत्पादनमा नेपाल आत्मनिर्भर हुन लागेको अवस्थामा सो क्षेत्रमा विदेशी लगानी भित्र्याउँदा पर्न सक्ने जटिलतातर्फ सरकारले ध्यान दिनुपर्ने उनको मत थियो ।

सांसद मेटमणि चौधरीले स्वदेशी पूँजीको निर्माण र विदेशी पूँजीको आर्जन गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए । सांसद भरतकुमार शाहले घरेलु उद्योग, वन तथा कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन नहुने बताए । स्वदेशी लगानीमा स्थापना भएका साना उद्योगका क्षेत्रमा विदेशी लगानी खुला गरेर जाँदा स्वदेशी उद्योगधन्दा बन्द हुने अवस्था आउनेतर्फ उनले सचेत गराए ।

विधेयकको सैद्धान्तिक पक्षमा भाग लिँदै सांसदहरु मोहन बानियाँ, केदार सिग्देल, गोपालबहादुर बम, सूर्यप्रसाद पाठक, नारदमुनि राना र सञ्जयकुमार गौतमले समृद्धिको यात्रा तय गर्नका लागि सर्वपक्षीय सहमति जरुरी रहेको बताए ।

सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री यादवले पूँजी र उच्च प्रविधिको प्रयोग नगरे आर्थिक समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने भएकाले विदेशी लगानी र प्रविधि भित्र्याउन जरुरी भएको बताए ।

कृषि, लघु र घरेलु उद्योगमा विदेशी लगानी भित्र्याउनु हुन्न भन्ने चासोलाई सरकारले सम्बोधन गर्ने उल्लेख गर्दै उनले राष्ट्रिय हितलाई नै केन्द्रमा राखेर विधेयक ल्याइएको बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।