यस्तो छ सरकारको पूँजी बजार सुधार गर्ने पञ्चवर्षिय योजना

Mar 08, 2019 Merolagani

नेपाल सरकारले पूँजी बजारलाई स्वच्छ र प्रतिष्पर्धी बनाई धितोपत्र तथा वस्तु विनिमय बजार मार्फत समृद्धिका लागि राष्ट्रिय पूँजी निर्माण गर्ने सोचका साथ पञ्चवर्षिय योजना तयार पारेको छ ।

राष्ट्रिय योजना आयोगले तयार गरेको पन्ध्रौं योजनाको पञ्चवर्षिय मस्यौदाको आधारपत्रमा समष्टिगत पूँजी बजारलाई पनि समेटिएको छ ।

जहाँ सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई भेटाउन पूँजी बजारको पनि उत्तिकै आवश्यक छ भन्ने कुरा उल्लेख गरेको छ। सरकारले पूँजी बजार सहित अन्य आर्थिक समृद्धिका सूचकहरुलाई पनि उत्तिकै महत्वकासाथ लिएको छ।

पञ्चवर्षिय योजनाले धितोपत्र तथा वस्तु विनिमय बजारलाई पहुँच योग्य र विश्वसनीय बनाउने लक्ष्य राखेको छ। हाल सिमिति क्षेत्रमा मात्र केन्द्रित रहेको पूँजी बजारलाई देशका अन्य ग्रामिण भेगका लगानीकर्ताको पहुँचमा पुयाृउने र पूँजी बजारमा लगानी गर्ने वातावरण निमार्णमा अग्रसर देखिन्छ। 

सरकारले पाँच वर्ष भित्रमा पूँजी बजारको सुधार तथा विकासका लािग कानूनी, संस्थागत र संरचनागत सुधार गरी धितोपत्र तथा वस्तु विनिमय बजार सञ्चालन तथा नियमन प्रणालीलाई अन्तराष्ट्रिय स्तरको बनाउने, धितोपत्र तथा वस्तु विनिमय बजारलाई स्वच्छ, प्रतिष्पर्धी र विश्वसनीय बनाउने र धितो पत्र बजारमा साना, स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाउने लक्ष्य राखेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।