मिथिला लघुवित्तको साधारण सभामा शेयर संरचना परिवर्तन सँगै अन्य के के छन् एजेण्डा ?

Mar 11, 2019 Merolagani

मिथिला लघुवित्त वित्तीय संस्था (MLBBL) ले तीनवटा मुख्य एजेन्डा सहित चैत २३ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले साधारण सभामा लाभांश अनुमाेदन, शेयर संरचना परिवर्तन तथा मर्जर/प्राप्तीको मुख्य एजेण्डा सहितको विशेष प्रस्ताव गरेको छ।

चैत २३ गते बिहान बौवा होटलको सभाहल, लालगढ धनुषामा साधारण सभा डाकिएको साधारण सभाले लघुवित्तको असार मसान्त सम्म कायम चुक्ता पूँजीको १०.४६ प्रतिशत अर्थात ६८ लाख ९४ हजार ६९५ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ३ लाख ६२ हजार ८७८ रुपैयाँ नगद लाभांश स्वीकृत गर्नेछ । 

हाल कायम ६ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद र बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १० करोड ८५ लाख रुपैयाँ पुर्याउन साधारण सभाबाट स्वीकृति गराउने तयारी छ ।

साधारण सभाबाट कम्पनीको शेयर स्वमित्व समेत परिवर्तन गर्ने तयारी समेत गरेको छ । हाल जारी पूँजीको ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व कायम छ। त्यसलाई संस्थापकको ५१ प्रतिशत र सर्वसााधारणको ४९ प्रतिशत शेयर स्वमित्व हुनेगरि पूँजीको संरचना परिवर्तन गर्ने भएको हो ।

त्यस अनुसार संस्थापक समुह र सर्वसाधारण समुहबाट सञ्चालकको प्रतिनिधित्व गर्ने व्यवस्था सम्बन्धी प्रस्ताव पारित गर्नेछ भने सर्वसाधारण शेयरधनीहरुको समुहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

यस्तै साधारण सभावाट एक वा एक भन्दा बढी उपयुक्त लघुबित्तीय संस्थाहरुसँग एक आपसमा मर्ज वा एक्विजीसनमा जान संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

यसैगरी कम्पनीले बीमाको अभिकर्ता भई कार्य गर्ने, प्रदेश वा राष्ट्रियस्तरीय क्षेत्रमा कार्यक्षेत्र विस्तार गर्ने तयारी गरेको छ । संस्थापक शेयरधनीको शेयर पनि सर्वसाधारण शेयर सरह धितोपत्रको दोस्रो बजार मार्फत कारोबार गर्ने सम्बन्धी प्रस्ताव पारित गर्दैछ ।

लघुवित्तले सााधारण सभा प्रयोजनको लागि चैत ११ गते शेयर दाखिल खारेज बन्द (बुक क्लोज) गर्ने जनाएको छ । त्यस अनुसार चैत १० गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।