मेक्सिको सीमा पर्खालका लागि ८ अर्ब ६० करोड डलर बजेट माग्दै ट्रम्प

Mar 12, 2019 Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउनका लागि अमेरिकी संसदको आगामी वजेट प्रस्तावमा ८ अर्ब ६० करोड डलर बजेट माग गर्ने भएका छन् । राष्ट्रपति कार्यालयका अधिकारीका अनुसार, उक्त सीमा पर्खालका लागि पहिलेको भन्दा दोब्बर रकम माग गर्न लागेका हुन् ।

ट्रम्पले सन् २०२० मा हुन लागेको चुनावभन्दा पहिले मेक्सिकोमा पर्खाल निर्माणका लागि आफ्नो वचन कुनै पनि हालतमा पूरा गर्न चाहेको र यसका लागि उनले उक्त बजेट माग गर्न लागेको बताइएको छ ।

गत वर्ष ट्रम्पले सीमा पर्खालका लागि ५ अर्ब ७० करोड डलर माग गरेका थिए । पर्खालका लागि बजेट दिने विषयमा विपक्षीसँगको विवादका कारण ५ सातासम्म अमेरिकाको संघीय काम आशिंक रूपमा बन्द भएका थिए । यसअघि राष्ट्रपति निर्वाचनमा ट्रम्पले सीमामा पर्खाल लगाउने मुद्दालाई प्राथमिकतामा राखेका थिए । यो बजेट अक्टोबर १ भन्दा अगाडि अनुमोदन हुनु जरुरी छ । अन्यथा ठूलो कारबाही गर्न सक्ने बताइएको छ ।

ट्रम्पले मेक्सिकोको सिमानामा १ हजार १ सय ६२ किलोमिटर पर्खाल लगाउनुपर्ने माग गर्दै आएका छन् । यसका लागि करीब १८ अर्ब डलरको समग्र बजेट आवश्यक छ । आर्थिक वर्ष २०१७ र २०१८ को सीमा सुरक्षा बजेटबाट अहिले १ सय ७९ किलोमिटरमा पर्खाल निर्माणको काम भइरहेको छ । आर्थिक वर्ष २०१९ का लागि ट्रम्पले ५ अर्ब ७० करोड डलर माग गरेका थिए । तर, कांग्रेस १ अर्ब ३७ करोड डलर मात्र दिन तयार भएको थियो ।

व्हाइट हाउसका आर्थिक सल्लाहाकार ल्यारी कुजलोका अनुसार, मेक्सिकोको सीमाका लागि पर्खाल लगाउनका लागि माग गरिएको रकम यसपटक बजेटमा कडाइका साथ रहन संकेत रहेको र ट्रम्पले घरेलु खर्चमा पाँच प्रतिशत कटौतीको प्रस्ताव प्रस्तुत गर्न सक्नेछन् । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।