नागवेली लघुवित्तको बोनस पछिको शेयर मूल्य समायोजन

Mar 13, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले नागवेली लघुवित्तकोे बोनस पछिको शेयर मूल्य समायोजन गरेको छ । लघुवित्तले गतवर्षको मूनाफाबाट वितरण गरेको चुक्ता पूँजीको ९.३८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।

नेप्सेले लघुवित्तको प्रतिकित्ता शेयर मूल्य ६२८ रुपैयाँ ९ पैसा निर्धारण गरेको छ । नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधार मूल्य १२३१ रुपैयाँ ५ पैसा कायम भएको छ ।

कम्पनीले फागुन २५ गते हुने वार्षिक साधारण सभाको लागि शेयरधनी पुस्तिका पनि बन्द गरेको छ । जस अनुसार लघुवित्तले वितरण गर्ने लागेको लाभांश फागुन २८ गते मंगलबार सम्म कायम शेयरधनीले मात्र प्राप्त गर्न सक्ने छन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड ३२ लाख रुपैयाँ छ । बोनस शेयर पश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।