यस अघि नै एकै पटक ६ सय प्रतिशत हकप्रद निष्काशन गरेर चुक्ता पूँजी एक अर्ब पुर्याउने योजना अघि सारेको कम्पनीलाई नियामक निकायले संस्थापक र सर्वसाधारणको शेयर हिस्सा ५१ अनुपात ४९ कायम गर्न लगाएको थियो ।
सर्वसाधारणको मात्र शेयर रहेकाले ५१ प्रतिशत संस्थापक जन्माउनका लागि कम्पनीले गत मंसिरमा १०५ प्रतिशत संस्थापक हकप्रद शेयर बिक्री गरेको थियो । सोही बेला उद्घोष गरे अनुरुप कम्पनीले ३ सय प्रतिशत अर्थात ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको २३ औं बार्षिक साधारण सभाले संस्थापक हकप्रदपछि ३०० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय पारित गरेको थियो ।
गत आर्थिक वर्षको कमाईबाट बोनस बितरण तथा संस्थापक हकप्रद बेचे पछि अहिले कम्पनीको चुक्ता पूँजी चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ छ । ३ सय प्रतिशत हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ पुग्नेछ ।