नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन

Mar 14, 2019 merolagani

नेशनल लाइफ इन्स्योरेन्स(NLICL)को १३.५० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने बिहिबार अन्तिम दिन हो । इस्योरेन्सले साधारण सभा प्रयोजनको लागि चैत्र १ गते शुक्रबार देखि बुकक्लोज गर्ने भएपछि फागुन ३० गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्ने छन् ।

चैत्र १५ गते बस्ने इस्योरेन्सको ३० औ वार्षिक साधारण सभाले १३.५० प्रतिशत बोनस अर्थात ३५ करोड ७७ लाख १३ हजार १९१ रूपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापतको कर प्रयोजनको लागि १ करोड ८८ लाख २७ हजार १० रूपैयाँ नगद लाभांश अनुमोदन गर्नेछ ।

हाल कम्पनीको दुई अर्ब ६४ करोड ९७ लाख २७ हजार २४४ रूपैयाँ रहेको चुक्ता पूँजी बोनस शेयर वितरण पश्चात तीन अर्ब ७४ लाख ४० हजार रूपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।