५ लाखभन्दा बढीको शेयर कारोबार गर्नेहरुलाई बैशाख १ देखि प्यान अनिवार्य

Mar 14, 2019 Merolagani

आगामी बैशाख १ गतेदेखि ५ लाखभन्दा बढीको शेयर कारोबार गर्ने लगानीकर्ताहरु अनिवार्य रुपमा प्यानको दायरामा आउनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सरकारको योजना अनुसार तत्काललाई ५ लाखभन्दा बढीको कारेबार गर्नेहरुलाई अनिवार्य रुपमा प्यानको दायरामा ल्याउने बताएको हो ।

शेयर बजारका सबै लगानीकर्तालाई प्यानको दायरामा ल्याउने सरकारको योजना भए पनि विभिन्न पक्षसँगको छलफल तथा सुझावका आधारमा ५ लाखभन्दा बढीको कारोबार गर्नेलाई प्यान अनिवार्य गरिएको हो । 

५ लाखभन्दा कमको कारोबार गर्नेहरुले पनि ऐच्छिक रुपमा प्यानमा आबद्ध हुन सक्ने बोर्डले जनाएको छ ।

'सरकारको बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था अनुसार २०७६ बैशाख १ गतेबाट दोश्रो बजारमार्फत् शेयर खरीद गर्दा स्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएको थियो । लगानीकर्ता तथा सम्बद्धपक्षहरुसँग गरिएको छलफलको सुझाव तथा निष्कर्श एवं नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयानुसारको निर्देशनलाई दृष्टिगत गरी बि.सं. २०७६ बैशाख १ गतेबाट दोस्रो बजारमा एक पटकमा रु. ५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने व्यवस्था गरिएको छ ।' बोर्डले भनेको छ ।

५ लाखभन्दा भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्डले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।