बोइङ ७३७ म्याक्स विमान किन दुर्घटनामा पर्छ ?

Mar 14, 2019 Merolagani

नेपाली किशोरीले ज्यान गुमाएको जहाज दुर्घटनाका प्राविधिक कारणहरु

सबिना बजगाई । अफ्रिकाको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इथियोपियन एयरलायन्सको जहाज आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोवी उड्ने क्रममा दुर्घटनाग्रस्त भयो ।

बोइङ ७३७ म्याक्स ८ जहाज र विमानस्थल बीच उडेको ६ मिनेट पछि सम्पर्क टुटेको बताइएको छ । उक्त दुर्घटनामा चालक दलका सदस्यसहित १५७ जनाको मृत्यु भयो । दुर्घटनामा परेको जहाजमा यात्रा गरिरहेकी नेपाली किशोरी एकता अधीकारीले पनि ज्यान गुमाईन । पाँच महिनाको अवधिमा बोइङ ७३७ म्याक्सको विमान दुई पटक दुर्घटनाको शिकार हुदाँ ३४६ जनाले ज्यान गुमाउन पुगे । 

छोटो समयमा नै एउटै मोडलको विमान दुर्घटना भएकाले यसको सुरक्षासँग सम्बन्धित प्रश्नहरु उठेसँगै एसिया र युरोपका ४४ भन्दा धेरै मुलुकले उक्त मोडलको जहाज उडानमारोक लगाएका छन् । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमानहरूमा नउडाउँन सम्बन्धित सबैलाई भनेको छ ।

तर पनि बोइङले उक्त मोडेलको विमानको सुरक्षामा आफू सुनिश्चित रहेको दावी भनेको छोडेको छैन । योसँगै दुर्घटनाको कारण थाहा पाउनु विश्वव्यापी चासोको विषय बनेको छ । विमानमा प्राविधिक समस्या देखिएका कारण विमान नियन्त्रण गर्न नसकिएको विमानसँग सम्बन्धित केही विशेषज्ञहरुले बताएका छन् ।

आधिकारीक रुपमा विमान दुर्घटनाको जाँच भइरहेको तर यथार्थ कारण थाहा भइनसकेको भनिए पनि प्रारम्भिक जाँच अनुसार विमान चालकले विमान नियन्त्रणमा समस्या आएको बताएको पाइएको छ ।

फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) को रिपोर्टका अनुसार उडान भरेको केही समयमा नै विमान चालकले विमानको नियन्त्रणमा समस्या आएको र तत्काल विमान ल्याण्डिङ गर्नका लागि आग्रह गरेका थिए ।

बोइङले फ्लाइट टेस्टिङका क्रममा ७३७ म्याक्सको इन्जिन पुरानो विमानको पखेटाभन्दा मुनी र तल रहेको कारण विमान माथि उठ्ने र बन्द हुने सम्भावना रहेकाले त्यहीँ अनुसारको सिस्टम डिजाइन गरेको थियो । तर विमानको सिस्टमले सही काम गर्न नसक्दा विमान दुर्घटनाको सिकार हुन पुगेको बताइएको छ ।

सोही मोडेलको लायन एयरको विमान पाँच महिनाअघि इन्डोनेशियामा दुर्घटना हुँदा १८९ जनाले ज्यान गुमाएका थिए । यि दुवै विमान दुर्घटनाको कारण एउटै भएको बताइएको छ ।

विमान विशेषज्ञहरुको प्रारम्भिक अनुसन्धान अनुसार, दोषपूर्ण सेन्सर रिडिंगका कारण विमानको स्वचालित प्रणालीले गलत सूचना दिएको र विमान चालकले सोही सूचना अनुसारको काम गर्दा विमान तल धकेलिएको बताइएको छ । साथै फ्लाइट डेटामा उचाईमा बदलाव देखिएका कारण पनि विमान अनियन्त्रित हुन पुगेको बताइएको छ ।

नयाँ प्रमाण र भू–उपग्रहबाट सङ्कलित पछिल्ला केही विवरणपश्चात् अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमानहरूमा उडान रोक लगाएको हो ।

सो मोडलको विमान सन् २०१७ देखि मात्रै व्यावसायिक उडानमा प्रयोग हुन थालेको हो । दुवैको प्रारम्भिक जाँचका आधारमा उक्त कारण खुलाइए पनि आधिकारीक निकायले यथार्थ कारणका बारेमा जाँच भइरहेको बताइएको छ ।

-एजेन्सीकाे सहयाेगमा।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।