कम्पनीले सर्वसाधारणमा बिक्री गरेको चुक्ता पूँजीको ४६ प्रतिशत बराबरको ९३ लाख २७ हजार ४१० कित्ता र स्थानीय बासिन्दालाई जारी गरेको ३ लाख ३४ हजार २०० कित्ता शेयर सहित कूल ९६ लाख ६१ हजार ६१० कित्ता र संस्थापक समूहको चुक्ता पूँजीको ५४ प्रतिशत अर्थात एक करोड १३ लाख ४१ हजार ८९० कित्ता गरि कूल २ करोड १० लाख ३ हजार ५०० कित्ता शेयर सूचीकरण गराएको हो ।
सूचीकरण सम्झौतामा दोस्रो दिनदेखि स्टक एक्सचेञ्जमा कारोबार सुचारु हुने उल्लेख भएपनि बुधबार फागु पूर्णिमा (होली) पर्वको सार्वजनिक बिदा परेकाले नेप्सेमा युनिभर्सलको शेयर कारोबार बिहीबारदेखि सुचारु हुनेछ ।
आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँदेखि अधिकतम ३०३ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्राप्त गर्ने देखिन्छ ।
युनिभर्सल पावरले गत माघ २५ गतेदेखि फागुन ८ गतेसम्म सर्वसाधारणमा साधारण शेयर ( आईपिओ) जारी गरेर फागुन १५ गते बाँडफाँड गरेको थियो ।
युनिभर्सल पावरले दोलखाामा २ अर्ब ४ करोड ६० लाख रुपैयाँ लागतमा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।